Friday, June 26, 2026

समाचार

असोज १९,पर्वत/ जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौ दुई महिनामा छ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये अधिकाँश महिला छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३६ जनाले आत्महत्या गरे । यसमा झुण्डिएर...
असोज १७, पर्वत/ जलजला ८ का राजन सापकोटाले ६ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउँथे । वर्षभरि दुस्ख गर्दा पनि श्रम अनुसारको आम्दानी लिन नसक्दा निरास थिए । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालिममा उनले नौलो उपाय सुन्न पाए। लगानी थपे, प्लास्टिकका दुईवटा अस्थायी टनेल...
असोज १७, पर्वत/ जिल्लामा बलत्कारका घटना बढेका छन् । चालु वर्षको दुई महिनामै ७ वटा वलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चालु वर्षको दुई महिनामा ५ जना महिलालाई बलात्कृत भएको छ भने २ जना माथी वलत्कारको प्रयास भएको छ । देशका विभिन्न ठाउँमा बलत्कारका घटना...
असोज १७, पर्वत/बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमाका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत वालिकाका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन । पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाले सोमबार युवती...
असोज १६,पर्वत/ मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्‍याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्‍याफटीङ गाइडको काम गरेका उनी केही समय भारत, स्वीटजरल्याण्ड र जापानमा पनि पुगे सानैदेखि साहसिक खेल र पदयात्रामा...
असोज १६,पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत सहायक निरिक्षक रामकृष्ण गौलीले जानकारी दिनुभएको छ । जिल्लाका अन्य ग्रामिण रुटहरुमा समेत सवारी...
असोज १६,पर्वत/ २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम भएका छन् । जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक संघ पर्वतले मोदीबेनी धाममा कविता बाचन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा ६० वर्ष पार गरेका जेष्ठ नागरिकहरुले नै रचना वाचन गरेर सुनाएका थिए । जेष्ठ नागरिकहरुको समस्या,...
असोज,१५,पर्वत/लुम्लेसकास्कीरनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले ओली सरकारका कारण लोकतन्त्र संकटमा परेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको राष्ट्रिय बैठकलाई कास्कीको लुम्लेमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू स्वयं...
असोज, १४,पर्वत/कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ...
असोज, १४,पर्वत/कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन । असोजको दोस्रो साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो । वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले...

This will close in 0 seconds