असोज २५, पर्वत/मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्यासँगै सवारीसाधन पनि बढ्दा बेनी–जोमसोम सडकमा दैनिक घण्टौं जाम हुन थालेको छ । बेनी–जोमसोम सडक विस्तारका क्रममा छ । ठेकेदारहरूले घण्टौं आवागमन रोकेर काम गर्दा धेरै सवारीसाधन रोकिने गरेका हुन् ।
साँघुरा र पहिरोग्रस्त सडकमा क्षमताभन्दा बढी सवारीसाधन भित्रिनुका साथै सडकमा दसैंका लागि...
असोज २५, पर्वत/ कुश्मा नगरपालिका २ छमर्केको घुम्ती–लाम्पाटा हुँदै दम्भाखोला जोड्ने सडक कालोपत्रे सम्झौता भएको तीन वर्षसम्म पूरा भएको छैन । २२ किलोमिटर सडकको बीचमा पर्ने २० मिटर लम्बाइको रिठेखोला पुल सम्झौता मितिअघि नै बनिसकेको छ । तर, सडक भने अझै कालोपत्रे हुन बाँकी छ ।
पोखरा–बेनी हुँदै मुक्तिनाथ जाने...
असोज, २१, पर्वत/कुश्मा नगर शिक्षा शाखाले सामुदायिक र निजी स्रोतका विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार आउन थालेको छ । कुश्मा नगरपालिकामा ६७ वटा सामुदायिक विद्यालय र १४ वटा निजि स्रोतबाट सञ्चालनमा रहेका विद्यालय रहेका छन् ।
नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री,स्रोत ब्यक्तिहरु सहित विषय शिक्षकहरु अनुगमनमा...
असोज, २१, पर्वत/दशैं बजारलाई लक्षित गरी ब्यापारीहरुले मुस्ताङ्गी चेलुक र च्याङ्ग्रा ओराल्न थालेसँगै अन्नपूर्ण गाउँपालिकाले प्रति चेलुक र च्याङ्ग्रालाई ३० रुपैयाँ कर असूल्न थालेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका, चुलुक, च्याङ्ग्रा, राँगा र कुखुरामा कर नउठाउन बिहीबार दिएको निर्देशन अवज्ञा गर्दै अन्नपूर्ण...
असोज, २१, पर्वत/मोहमद आलमले सुरुमा मसला बोक्ने मजदुर र केहीपछि मिस्त्रीको काम गरे । हिजोआज पक्की घर बनाउन उनी ठेक्का लिएर काम गर्छन् । विहारको मोतिहारीका आलम कुश्मा बस्न थालेको १४ वर्ष भयो । उनीसँग हाल घर निर्माणमा ढलानका काम गर्ने डकर्मी र सिकर्मी गरी १४ दक्ष कामदार छन्...
असोज २० पर्वत/ फलेवास नगरपालिका–३ शंकरपोखरीका सूर्यबहादुर सुनारको हत्या प्रकरणका अभियुक्त विनोदविक्रम कुँवरलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले कुँवरकी पत्नी राधिका कुँवरलाई भने सफाया दिएको छ।
फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले शंकरपोखरीमा सुन चाँदी पसल संचालन गरेर पसलमै बसीरहेका सुनारलाई गत जेठ २५...
असोज २० पर्वत/जिल्लाको महाशिला गाउँपालिकामा रहेको ऐतिहाँसिक पैयुँकोटबाट केवुलकार सञ्चालन गर्ने तयारी भएको छ । पैयुँकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुसार केवुलकार सञ्चालन गर्न थालिएको हो । महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकाको सहकार्यमा पैयुँकोटको विकासका बारेमा छलफल शुरु भएको छ । हालै दुबै गाउँपालिकाका प्रतिनिधी सहभागी भएर...
असोज २०, पर्वत/तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको...
असोज १९,पर्वत/चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन्। ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने । ग्यास्ट्रिकको समस्या भएकाले हिजोआज दूध हालेको चिया पिउँदैनन् । तर, दूध चिया पिउने तलतल...
असोज १९,पर्वत/ ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा सञ्चालन गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बोलाएर चालकलाई सचेतना तालिम दिएको हो ।
ग्रामीण रुटमा चल्ने जीपचालकहरुलाई क्षमता भन्दा बढि यात्रु नराख्न, बढि भाडा नअसुल्न, सवारीसाधनको नियमित मर्मत गर्न, ट्राफिक नियमको पालना गर्न सचेत गराउँदै तालिम सञ्चालन...









