कात्तिक १४ पर्वत/ महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदरनियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछिपर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।
गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछिअभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण...
कात्तिक १४ पर्वत/ धार्मिक पर्यटनको विकासका लागि पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष देखि प्रारम्भ हुन लागेको...
कार्तिक ७ पर्वत/दसैंका बेला फ्रि क्यु भन्दै सवारी गुडाउनेविरुद्ध पर्वत ट्राफिकले कडाइ गरेपछि यो दसैंभर यात्रुले सहज यात्रा गर्न पाएका छन् । व्यवसायीले पनि दसैंको दिनमा समेत साबिककै भाडादरमा सवारी गुडाएर आवागमनमा सघाए ।
विगतमा सहज सवारी नपाउँदा गन्तव्यमा पुग्न समस्या भोग्दै आएका यात्रुले यो वर्ष भने दसैंको दिनमै समेत...
कार्तिक ७ पर्वत/जिल्लाको जलजला गाउँपालिकास्थित मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी स्थित कालीपुल सम्म पक्की पदमार्ग निर्माण भएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भगवती...
कार्तिक ५ पर्वत/महाभारतमा कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको हम्पालको लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको उच्च, फराकिलो भू–भाग, घना जंगल, जुडिबुटी र विभिन्न धार्मिक स्थल सहितको ठाउँ भएकाले यो...
कार्तिक ५ पर्वत/विजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा आज खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेतृत्वको अदूरदर्शिताका कारण केन्द्र र जिल्लामा कांग्रेसको संगठन निकै कमजोर भएकोमा चिन्ता व्यक्त गरेका थिए...
असोज २७, पर्वत/फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो । पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीका ठेकेदारले काम थालेका हुन् । गत असारभित्रै काम सक्ने सम्झौता भए...
असोज २७, पर्वत/आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाउनुभएको छ । महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिनुभएको हो । पीडितलाई कोरियामा बस्दै आएकी दीपा रानाले नयाँ गोठ निर्माण गरिदिनुभएको छ । गत वैशाख १६...
असोज २७, पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले नेकपाको दुईतिहाई बहुमतको सरकारले जनतालाई अधिकार सम्पन्न गराउनुको सट्टा जनताको अधिकारलाई कुण्ठित गरेको वताउनु भएको छ ।
नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिले शुक्रवार पर्वत बेनीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उक्त कुरा वताउनु भएको हो...
असोज २५, पर्वत/जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका होम स्टेहरुले पाहुनाको रोजाई अनुसार आधुनिक खानाहरु खुवाउने गर्छन। तर, पर्वतको महाशिला गाउँपालिका संचालन गरिएको होमस्टे भने अर्गानिक र परम्परागत खाना पाउने ठाउँको रुपमा परिचित बन्दै गएको छ। होम स्टे संचालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरु मात्र...








