Tuesday, May 12, 2026

समाचार

कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे पनि समाबेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
कार्तिक १५ पर्वत /२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ । दमाईको पार्थिव शरीरमा...
कात्तिक १४ पर्वत/ सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई...
कात्तिक १४ पर्वत/ महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदरनियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछिपर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछिअभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण...
कात्तिक १४ पर्वत/ धार्मिक पर्यटनको विकासका लागि पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष देखि प्रारम्भ हुन लागेको...
कार्तिक ७ पर्वत/दसैंका बेला फ्रि क्यु भन्दै सवारी गुडाउनेविरुद्ध पर्वत ट्राफिकले कडाइ गरेपछि यो दसैंभर यात्रुले सहज यात्रा गर्न पाएका छन्  । व्यवसायीले पनि दसैंको दिनमा समेत साबिककै भाडादरमा सवारी गुडाएर आवागमनमा सघाए । विगतमा सहज सवारी नपाउँदा गन्तव्यमा पुग्न समस्या भोग्दै आएका यात्रुले यो वर्ष भने दसैंको दिनमै समेत...
कार्तिक ७ पर्वत/जिल्लाको जलजला गाउँपालिकास्थित मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी स्थित कालीपुल सम्म पक्की पदमार्ग निर्माण भएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भगवती...
कार्तिक ५ पर्वत/महाभारतमा कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको हम्पालको लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको उच्च, फराकिलो भू–भाग, घना जंगल, जुडिबुटी र विभिन्न धार्मिक स्थल सहितको ठाउँ भएकाले यो...
कार्तिक ५ पर्वत/विजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा आज खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेतृत्वको अदूरदर्शिताका कारण केन्द्र र जिल्लामा कांग्रेसको संगठन निकै कमजोर भएकोमा चिन्ता व्यक्त गरेका थिए...
असोज २७, पर्वत/फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो । पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीका ठेकेदारले काम थालेका हुन् । गत असारभित्रै काम सक्ने सम्झौता भए...