Thursday, May 14, 2026

समाचार

बागलुङ/क्यान्सर रोगबाट पीडित बागलुङको जैमिनी नगरपालिका–५, अर्जेवाका ५७ बर्षिय मिठे दमैको उपचारका लागि परिवारका सदस्यहरुले दाताहरुसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित दमैको हाल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण नियमित औषधि उपचारमा समेत...
पर्वत/मोदी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीकै प्रत्यक्ष संलग्नतामा स्थानीयबासीमाथि कुटपिट र लछारपछार भएको आरोप लागेको छ । बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा स्थानीयको जग्गामा जथाभावी डोजर लगाइएको र रोक्ने क्रममा चोलानाथ शर्मा, हरिकला सुबेदी, हिरादेवी सुबेदी, बिमल शर्मामाथि कुटपिट भएको मोदी ३ कुडुलेका...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको दावी गर्नुभयो । अध्यक्ष...
पर्वत /विहादी गाउँपालिका वडा नं. १ उपल्लो बाच्छादेखि कुश्माका लागि छुटेको जीप आज विहान दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । ग १ ज ६८२८ नम्वरको जीप बाँच्छा खोलामा दुर्घटना हुँदा पाँच जना घाईते भएका हुन् । घाईते मध्ये तिलबहादुर क्षेत्री र केसु गुरुङ उपचारका लागि पोखरा गएका छन्...
पर्वत/प्रजातन्त्र सेनानी तथा लोक संस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको नाममा स्थापना भएको कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौंदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कलाकार कृष्ण कँडेललाई प्रदान गरिएको छ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको २८ औं बार्षिकोत्सका अवसरमा मंगलवार पर्वतको फलेवासमा आयोजना गरिएको...
पर्वत/ जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक...
पर्वत/ पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको...
पर्वत/ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्ष उपलब्धिबिना सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको कुश्मामा आज अगुवा कार्यकर्ताहरूलाई सम्वोधन गर्दै नेता निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाउनुभयो । अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणका योजनाको रिवन काट्दै हिँडेको दावी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका...
पर्वत/ कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवं रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेश स्तरिय महिला महोत्सव आजबाट शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा संचालित उक्त महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।  महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले महिलाहरुको सम्मान र सहभागिताले...
१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने...