पर्वत/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ ।
नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी,...
पर्वत/ कुश्मामा सञ्चालित ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष २०८३सँगै आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक अफर ल्याएको छ । विश्वको दोस्रो अग्लो बञ्जीजम्प, स्विङ, स्काई साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेको ‘द क्लिफ नेपाल’ले नयाँ वर्षलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको हो...
पर्वत/चालु आर्थिक बर्ष सकिन अब केही महिना मात्र बाँकी छ । आर्थिक बर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत अन्तर्गत सिँचाईसम्बन्धी योजना सम्झौता हुन नसक्दा कार्यान्वयन अन्योलमा परेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट सम्झौता भई कार्यान्वयमा आउनुपर्ने योजना अहिलेसम्म...
पर्वत/जिल्लाको पर्या पर्यटन देखि होमस्टे पर्यटनको प्रवर्द्धन गर्नका लागि नेपाल पत्रकार महासंघ पर्वतको नेतृत्वमा पर्वतका क्रियाशिल पत्रकारहरुको टोलीले दुईदिने पदयात्रा सम्पन्न गरेको छ । पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता रहेको थियो । जलजला गाउँपालिका र मोदीगाउँपालिकाको सिमानमा रहेको जलजला क्षेत्रवाट शुरु गरिएको पद यात्रा हम्पालको लेक कालान्जार...
काठमाडौँ /नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने जनाएको छ। कांग्रेसले आन्तरिक विवाद हुँदा अहिलेसम्म दलको नेता छान्न सकेको छैन। महामन्त्री गुरुराज घिमिरेले अब नेता चुन्न ढिला नगरिने स्पष्ट पारेका छन्।
उनले भने,‘४ गते भएसम्म सहमतिमा गर्छौँ, नभए चुनावमै गएर भए पनि टुंग्याउँछौँ।’ उनले पार्टीले अहिले सहमतिको प्रयासलाई जोड...
पर्वत/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।
निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो। यस्तै, खाना पकाउने...
पर्वत/कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुलनिर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०/८१ असारमा सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिले २५ प्रतिशत मात्र प्रगति भएको पूर्वाधार...
पर्वत/पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वतको मोदी र जलजलाको संगमस्थल रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यहाँबाट देखिने सुन्दर हिम श्रृङ्खलाका साथै प्राकृतिक र मनोरम दृश्यहरू अवलोकन गर्न दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । जलजलालाई...
पर्वत/गण्डकी प्रदेशकाे पर्वत जिल्लामा रहेकाे मोदी खोला जलविद्युतको हब बन्दै गएको छ । मोदी बेसीनमा अहिले सञ्चालित, निर्माणधीन र निर्माणमा जाने प्रक्रियामा रहेका २३६ मेगावाटका ९ जलविद्युत आयोजना छन् ।
निर्माण सम्पन्न भइसकेका ३ जलविद्युत आयोजनाबाट अहिले विद्युत उत्पादन भइरहेको छ । यो बेसिनमा सञ्चालनमा आएको सबैभन्दा पहिलो आयोजना हो,...
मुस्ताङ / उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ-४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ-४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण...









