Tuesday, May 12, 2026

राजनीति

पर्वत/जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले राजनीतिको कुरा छोडेर विकास निर्माणमा जुट्न सबै दलका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ...
पर्वत/फलेवास नगरपालिका वडा नं ११ पाङराङमा तिज मेला सहित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महासमिति सदस्य गंगाधर तिवारीले उद्घाटन गर्नुभएको थियो । पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका...
पर्वत/संघीय राज्यमा पनि पूर्व प्रतिबद्धता अनुसारको न्यायको अनुभूति जनतालाई दिन नसकिएको भन्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले मन्त्रीकै अघि कडा टिप्पणी गरेका छन् । निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै जनतालाई भ्रम छरे । तर सिंहदरबारको अधिकार गाउँमा पु¥याउने नारा ब्यवहारमा लागु भएको छैन ।...
पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन भएको राहत रकम बोकेर नेता गुरुङ पहिरोपीडित परिवारलाई भेट्न खुर्कोट पुगेका हुन् । नेता गुरुङले...
काठमाडौँ/कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नु पर्ने माग गरेका हुन् । कांग्रेस संसदीय दलका...
पर्वत /कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो । यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै...
वारा/ सरकारको भूमिकामाथि नागरिक अविश्वास गरिरहेको बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमा पुगेको छ । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारको घरदैलोमा पुगेर तरूण दलले नगद सहयोग गरेको हो । दलका अध्यक्ष जीतजंग बस्नेत...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । अध्यक्ष मल्लले जलजला गाउँपारिका वडा नं ४ पाल्सिङ खोलाखेतमा कामना आमा समूहद्वारा निर्माण गरिएको सामुदायिक...
पर्वत/विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षकहरुलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता...
पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा विकास संबाद कार्यक्रम संचालन गर्न गरिएको हो । नगरपालिका तथा वडा कार्यलयवाट प्रबाह गरेको सेवा तथा...