पहिरोमा परि जन र धन गुमाएको परिवार भेट्न राहत बोकेर पुगे काँग्रेस नेता गुरुङ

पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन भएको राहत रकम बोकेर नेता गुरुङ पहिरोपीडित परिवारलाई भेट्न खुर्कोट पुगेका हुन् । नेता गुरुङले काँग्रेस कार्यकर्ताहरुबाट संकलन भएको ५७ हजार ५० र खुर्कोट वडा कार्यालयले २१ हजार सहित घर छाउनलाई ४० पात टिन पहिरोपीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

पहिरोमा परेर निधन भएका चालिसेको पुरा घर धवस्त भएपछि अहिले सहयोग र दुखमा हार्दिकता देखाउनेहरुको क्रम जारी छ । नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति समेत रहेका गूरुङले स्वर्गीय चालिसेको घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । सो,अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले दिवगत रेम चालिसेले राजनीति भन्दा समाजसेवामा जीवन विताएको वताउनु भएको थियो । उहाँले चासीलेको परिवारमा परेको दुख निकै दयनिय भएकाले आफुनो पार्टी नेपाली काँग्रेसको माध्यमाबाट सरकारलाई सहयोग गर्न झकझकाउने बताउँदै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

बिशिष्ट अतिथि प्रदेश सभाका सांसद ललितकला गुरुङले यो बिषयले आफु लगायत पुरा प्रदेशलाई नै शोकमा पु¥याएको भन्दै आफ्नो तर्फवाट प्रदेश तहमा सहयोग गर्न पहल गर्ने बताउनुभएको छ । यस्तै,कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले स्वर्गिय चालिसेले जनप्रतिनिधिहरुलाई सत्य र सही मार्गमा हिडन दर्शाएको सरल मार्गको अनुसण गर्न आफु सहित सवै प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । उहाँले घटना लग्तै नगरपालिकाले आर्थिक सहयोग गरेको पनि सुनाउनुभएको थियो ।

कुस्मा नगरपालिका २ का वडाध्यक्ष यादुनाथ शर्मा बास्तोलाको सभापतित्वमा सम्पन्न भएको सोकसभा तथा सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दुलुङका वडा अध्यक्ष बालकृष्ण शर्माले गर्नुभएको थियो ।