Wednesday, May 13, 2026

राजनीति

पर्वत/पर्वतका सामजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको हाम्रो साझा अभियान, समृद्ध समाजको परिकल्पना डिल्लीराम प्रतिष्ठान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा...
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद...
पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल नेकपा पर्वतको जिल्ला सदस्य थिइन । जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ । नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले जनताको आदेश र विश्वासलाई कुठाराघात गरेको वताउँदै जनताको विश्वासमा खेलाची गरेर संविधान र मुलुकमाथि वेइमान...
पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायतका जग्गा प्रशासन सम्वन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने सम्पुर्ण लिखत पारित सम्बन्धि कागजातहरु...
पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम सम्भवतः स्थानीय तहस्तरबाट शुरूवात भएको मुलुकमै पहिलो कार्यक्रमका रूपमा लिइएको छ । गाउँपालिकाले सञ्चय कोषमा...
पर्वत/नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै उही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूले नेकपा परित्याग गर्ने लहर चलेको छ । जलजला-६ शालिजाबाट गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा...
पर्वत/नेपाली काँग्रेस वडा कार्यसमिति थापाठानाद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको शनिबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास पछिको सभामा बोल्दै केन्द्रीय सदस्य जोशीले जनतालाई उधारो सपना बाँडेर चुनाव जितेपनि जनताले दिएको दुईतिहाई जनमत नेकपालाई घाँडो भएको वताउनु भएको छ...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला-६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन...
काठमाडौं/नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिएका हुन् । ‘वर्तमान कम्युनिष्टको ओली सरकारको अधिनायकवादी...