Friday, July 17, 2026

मुख्य समाचार

पर्वत/ नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले समाचारबाणीलाई बताए । बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना...
पर्वत /गुप्तेश्वर बहुमुखी क्याम्पस र शिबालय बहुमुखी क्याम्पस एकीकरण भएर बनेको कुश्मा बहुमुखी क्याम्पस कुश्माकै शैक्षिक गौरव भएकोले यसलाई माया गर्न सञ्चालक समितिले समुदायसँग अपिल गरेको छ । क्याम्पस प्राङ्गणमा आज आयोजित पत्रकार सम्मेलनमार्फत क्याम्पस सञ्चालक समितिले समुदायसँग यस्तो अपिल गरेको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीले कुश्मा...
पर्वत/नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै नगर प्रमुख विवश चिन्तनले नगरपालिकाले भूमि बैंकको अवधारणा लागु गरी बाँझो जमिनलाई भूमि बैंकमार्फत उपयोगमा ल्याउने...
पर्वत/कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा आज अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा परि...
पर्वत/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो । सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन् । बागलुङको जैमिनी नगरपालिका वडा नं १० को हाडिकोटमा निर्माणाधीन भ्यूटावरमा काम गर्न जाने क्रममा...
पर्वत/ कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले आज बुधवार शोक बिदा घोषणा गरेको छ। नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ १८ गते कुश्मा–आर्थर सडकखण्ड हुँदै आर्थरतर्फ जाने क्रममा सोडे जोड्ने भिर क्षेत्रमा भएको जिप...
पर्वत /जिल्लाको मोदी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण बनाइएका भौतिक संरचना ३५ दिनभित्र खाली गराउन निर्देशन जारी गरेको छ। गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी भएको सूचनामा गाउँपालिकाभित्र कोही कसैले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाई बसोवास गरेको भए सूचना प्रकाशन भएको मितिले...
पर्वत/कुश्मा नगरपालिका–१४ आर्थरस्थित अँधेरीनेटामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गएराति करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकबाट करिब ५ सय मिटर...
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको कुश्मा नगर अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । आइतबार कुश्मामा भएको पहिलो नगर अधिवेशनबाट रमेशकुमार श्रेष्ठको सभापतित्वमा समिति निर्माण भएको हो । जसको उपसभापतिमा पार्वती लामिछाने, सचिवमा केशव शर्मा लामिछाने, सहसचिवमा चन्द्रकान्त पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा राजेश गिरी, केशव प्रसाद रेग्मी, रेश्मी...
पर्वत/नेपाल पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा पर्वतको महाशीलामा सम्पन्न भएको छ । साधारणसभामा पर्वतमा क्रियाशिल विभिन्न पत्रकारलाई पुरस्कृत गर्नुको साथै महासंघको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ । महासंघको सिर्जनशील पत्रकारिता पुरस्कारबाट जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकारहरु छविलाल तिवारी, प्रनिश गिरी र गणेश गिरीलाई पुरस्कृत...