पर्वत/पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६ वर्षीय प्रियान्सु सहनी नदीमा बेपत्ता भएका हुन् ।
कालीपुलमा डेरा गरी बस्दै आएका दुर्गेश कुमार मल्लका...
पर्वत/ हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ।...
पर्वत / बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद(इद) उल (अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज (जेठ १४ गते) बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहका...
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो ।
आवास पाउनेमा अधिकांश दलित समुदायका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुम्बासी परिवारमा खुशी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट...
पर्वत/मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ। छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो। उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ। त्यसैगरी, पोलम नाली, २९५ घनमिटर,...
पर्वत/बिहादी गाउँपालिकाको आयोजनामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम सुरु गरिएको छ । तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष परविन गुरुङले महिलाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति दिन सक्ने सीप विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएकाले उनीहरूको...
पर्वत/कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीले सोमवार गरेको अनुगमनका क्रममा अखाद्य घ्यु भेटिएको हो । कुश्मा नगर पालिकाको सहकार्यमा बजार अनुगमन सहित अन्तरक्रिया गरिएको थियो । विषेश गरी राजमार्ग आसपासका होटलहरुमा खाना बनाउने र विक्रि वितरण...
पर्वत/प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वतको विकास, सुशासन र समुन्नतिको लागि आफू निरन्तर लागेको वताएका छन् । उनले पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन, मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र फलेवासको रङ्गशाला लगायतका आयोजनाहरूलाई प्राथमिकिकरण गरेर बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई आग्रह गरेको वताएका छन् ।
सांसद भुसालले...
पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–११ श्रीकाङ स्थित कालीगण्डकी नदीमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा शनिबार खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त स्थानबाट...
पर्वत/समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न...









