पर्वत / सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्का गरेको छ । विना सूचना सवारी साधान रोक्काको समबन्धित व्यवसायीहरुले विरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले शुक्रबार विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था विभागले...
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा प्रभावकारी काम भैरहेको बताउनुभयो ।
बुर्लाकोटीले देशमा भएका बेतिथि र विसंगतिको जालाहरु तोड्नका लागि नेपाली...
पर्वत/जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउँदै सबै सरोकारवालाको सहकार्यले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उल्लेख...
पर्वत/पर्वतस्थित कारागार कार्यालयको भान्सा घर ब्लक निर्माणमा अनियमितता भएको आरोपमा दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै आरोपितलाई सफाइ दिएको छ । गत साउन ४ गते गते कारागार कार्यालयकी तत्कालीन प्रमुख शिला श्रेष्ठ सहित ५ जनाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले अनुसन्धान, पेस...
पर्वत/कुश्मा नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीप्रति कडाइ गर्ने संकेत गरेको छ। नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा सरोकारवालासँग बुधबार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा ऋण असुली प्रभावकारी बनाउन विभिन्न उपायबारे छलफल गरिएको हो।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिहरुले सहकारीको रकम फिर्ता नगर्ने ऋणीका कारण समग्र...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाले कोदोबाट बनेको लोक्कल मदिरालाई ब्रान्डिङ गर्र्दैछ । गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कोदोबाट बनेको रक्सीलाई ब्रान्डिङ गर्ने भएको हो । बसाईसराईका कारण खेतबारी बाँझो हुने र कोदोको उत्पादन घट्दै जाँदा गाउँपालिकाले कोदोको उत्पादन बढाउँदै स्थानीबासीको आर्थिक श्रोत पहिचानका लागि कोदोको मदिरालाई ब्रान्डिङ गर्न लागेको हो ।
गाउँपालिकाका...
पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट एसइईमा...
पर्वत/ जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ ।
महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को एकीकृत वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको आय तथा व्ययतर्फ कुल...
पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर शुभारम्भ गरे ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम...
पर्वत / ब्लकबस्टर निर्देशक सरोज पौडेल को बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशक...









