Friday, July 17, 2026

मुख्य समाचार

पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बरालले बताए ।...
पर्वत/ जिल्लाका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा विवरण गरेको कार्यालयका पशु स्वास्थ्य...
पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५० प्रतिशत गरी समष्टिगत रूपमा ६७.२६ प्रतिशत विद्यार्थीहरूले ‘ग्रेड’ प्राप्त गरेका छन् । इकाई प्रमुख चपाइका...
पर्वत/जलजलाको कालाञ्जर क्षेत्रमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञको आज समापन गरिने भएको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा विगत एकबर्षदेखि महायज्ञ सञ्चालन गरिएको थियो । कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना...
पर्वत/जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा  सातसय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित लुङदी आधारभूत विद्यालय मोहनचोकमा शिविरको आयोजना गरिएको थियो। दर्ता शुल्क, ‘भिडियो एक्स रे’, ‘इसिजी’, ‘इको’...
पर्वत/पत्रकारितामा आर्टिफिसियल इनटेलीजेन्स (कृत्रिम बुद्धिमत्ता)को प्रयोग सम्वन्धि दुईदिने तालिम पर्वतमा सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा जिल्लामा क्रियाशिल २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । दुइदिन सम्म चलेको तालिमको समापन गण्डकी प्रदेश सरकारका निमित्त...
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ । झोलङ्गे पुल, बन्जी जम्प, जिपलाइनलगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने कुस्मामा यात्रु तथा पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । कुस्मा बजार पर्वतसहित...
पर्वत/महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् । वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै आएका सेवाहरू कुश्माबाट उपलब्ध गराउन पहल गर्न आग्रह गरेका हुन् । स्थानीयवासीका अनुसार हुवासबाट सेवा लिन जाँदा...
पर्वत/पर्वतको दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ र वडा नं. ६ देविस्थानका दुई सामुदायिक विद्यालयबीचको विवाद चर्किँदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको हो । बस सेवा रोकिएसँगै दुवै विद्यालयका विद्यार्थीको नियमित पढाइ प्रभावित बनेको...
पर्वत/निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई विद्युतीय पेन्सन सेवा प्रदान गर्दै यो सेवा बिहीवारदेखि शुरु गरिएको हो । यससँगै पर्वतका अवकाश प्राप्त कर्मचारीहरूले पेन्सन...