Friday, July 17, 2026

मुख्य समाचार

मुस्ताङ/हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ। हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ। हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्नेक्रम भने रोकिएको छैन। बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ।...
काठमाडौं /बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना निवास तथा कार्यालयमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा भने पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यका निकायले आवश्यक ठानेमा आफू स्वयं उपस्थित भई सहयोग गर्न सधैं तयार रहेको अवस्थामा अकस्मात् छापा मारिएकोप्रति...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाको पहिचान, वर्तमान संरक्षण अवस्था तथा अतिक्रमण...
पर्वत/पछिल्ला दिनमा गाउँबस्तीमा चलनचल्तीमा रहेका कतिपय पेसा, व्यवसाय ओझेलमा पर्न थालेका छन् । बसाइँसराइ, शिक्षा रोजगारीलगायतले परम्परागत सिप र व्यवसाय पछिल्ला पुस्ताले बिस्तारै छाड्दै जाने चलन बढिरहेका बेला पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँका तीन जना कालिगड भने अझै आरन पेसामा लागेर गुजारा चलाइरहेका छन् । सानै उमेरदेखि आरन पेसामा संलग्न यहाँका ४१ वर्षीय...
पर्वत/  पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो । वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मिर्गौला रोगको परीक्षण, रगत, दिशा, पिसाब, खकारलगायतको जाँच, पोषण...
पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैंयूँ गाउँपालिकाका प्रमुख...
पर्वत/धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडेका छन्। अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै बस्न थालेका हुन्। ‘भारतीय गोर्खा सैनिकमा भर्ती हुनका लागि छनोट भएर पनि अभिभावकको आग्रह नकार्न...
राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको हालै सम्पन्न जिल्ला भेला तथा समिक्षा वैठकले पार्टीको विधान र आचरण विपरित कार्य गरेको भन्दै सम्पुर्ण जिम्मेवारीवाट मुक्त गर्ने निर्णय गरेको हो । सभापति तिमिल्सिनाकै अध्यक्षतामा बसेको बैठकले यस्तो...
पर्वत/ झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङमा एकसय बढि पुल प्रयोगविहीन भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो। डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए। तर बर्खामा खोला...
पर्वत/जिल्लाको दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । हुवास लुंखु सडकमा कालोपत्रेको काम सम्पन्न भएको हो । सडक स्तरोउन्नती गर्ने कार्यक्रम अन्तर्गत निर्माण कार्य शुरु भएको ६ बर्ष पछि कालोपत्रे विछ्याउने काम सम्पन्न भएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना ९आरसिआइ० परियोजनाले उक्त सडक...