Friday, July 17, 2026

मुख्य समाचार

पर्वत/बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो। दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले। अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ। त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ। हिजोआज रेशगाउँको परिचय चिया गाउँ बनेको छ। बागलुङको...
पर्वत /तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ  कालोपत्रको तयारीका लागि सो अवधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो उक्त खण्डको झन्डै तीन किलोमिटर...
पर्वत/कालीगण्डकी नदी स्थित कुश्मा नगरपालिका वडा नं. १ अन्तर्गत सहश्रधारामा ५ दिन अघि फेला परेको बेवारिसे शव अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । गत बैशाख ४ गते नदीमा भेटिएको शवको पहिचान हुन नसक्दा ५ दिन देखि अस्पतालमा अलपत्र अवस्थामा रहेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अन्दाजी ४५ वर्षका...
पर्वत/जिल्लाको विहादी गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको छ । गाउँपालिकाले आजदेखि गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरेको हो । वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा खेलक्षेत्रका विभिन्न विधाका खेलहरु समावेश गरिएका छन् । प्रतियोगीता अन्तर्गत खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता तथा खुल्ला वडा स्तरीय क्रिकेट...
पर्वत/यो समय घुमघामका लागि अनुकूल मानिन्छ। जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ। अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो। नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेका बेला पर्वतको सबैभन्दा उचाइमा रहेको नयाँ...
पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको पातिचौर जानको लागि गाडीमा चढेको पाइएको छ । तर उनी बाटैमा रहेको पातीचौरमा नझरी...
पर्वत/ सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको छ...
पर्वत/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ । नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी,...
पर्वत/ कुश्मामा सञ्चालित ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष २०८३सँगै आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक अफर ल्याएको छ । विश्वको दोस्रो अग्लो बञ्जीजम्प, स्विङ, स्काई साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेको ‘द क्लिफ नेपाल’ले नयाँ वर्षलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको हो...
पर्वत/चालु आर्थिक बर्ष सकिन अब केही महिना मात्र बाँकी छ । आर्थिक बर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत अन्तर्गत सिँचाईसम्बन्धी योजना सम्झौता हुन नसक्दा कार्यान्वयन अन्योलमा परेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट सम्झौता भई कार्यान्वयमा आउनुपर्ने योजना अहिलेसम्म...