पर्वत/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ ।
नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ । विगत देखिको कालीगण्डकीको क्रुर दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाई दिएको छ र कालीगण्डकीजस्तो जन्मेदेखि मरेसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको क्रुर दोहनका विरुद्द आफूले व्यानर प्रदर्शन गरेको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताए ।
कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी (क, ख) करिडोर सडक संजाल तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कन विना खोलिएका दर्जनौं क्रसर उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छन्, ‘नदीमाथि जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्धाको चपेटामा कालीगण्डकी नदी परेको छ, यसलाई बचाउनु मानव सभ्यता बचाउनु हो । अहिले बाँध र ड्राइभर्सनको कुरा उठिरहेको छ, यो अतिका विरुध्द सबै एकजुट हुनुको विकल्प छैन ।’
नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । सर्वोच्च अदालतको आदेशमा ठाडो अवहेलना गरिएको छ । नदी ऐन÷ नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहनका कारण मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत÷मूल मुहान, जलथल सङ्कटमा परेका छन । सैयौंको संख्यामा खोलिएका यस नदी तटीय क्षेत्र (८ सय १४ किमि)का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको छ भन्दै नदीमाथिको हाल भैरहेका सम्पूर्ण हस्तक्षेप विरुध्द आवाज बुलन्द गर्न र साझा र स्वायत्त जनअधिकारको लडाइँमा जोडिन सम्पूर्ण गण्डकी÷लुम्विनीबासी नागरिकमा अभियानले अपिल गरेको छ ।
मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएकाको यस नदीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको हुनाले नदी गहिरो बन्दै गएको र यसको जलाधार झनै तल गएर नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या सिर्जना भइरहेको छ । शालग्राम शिला कौडीको गिटीमा परिणत भएका छ्न ।
नदीले ठूलो मात्रामा धार परिवर्तन गरेको छ भने जथाभावी सञ्चालित नदीजन्य पदार्थको उत्खननका कारणले गर्दा शालिग्रामको अस्तित्व (विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन् ।) सङ्कटमा पर्दै गएको छ । धर्मघाटहरू पूर्ण विस्थापित छ्न, विज्ञप्तिमा भनिएको छ ।
कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोर अन्तर्गत आसपासका खोल्साखोल्सी, वनजङ्गल, चउर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ । जताततै डाँडा पहाडहरू विरूप वनेका छन् । अधिकांश क्रसरहरू जिल्लाका नेता, पालिका प्रमुख, कर्मचारी र व्यवसायीहरूको संयुक्त लगानीमा चलेको कारण कानुन मिच्ने कुरा यहाँ सामान्य बनेको संरक्षणकर्मी आरके अदीप्त गिरी बताउँछन् ।
कालीगण्डकी नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुबैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । त्यसैगरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई पनि निकै आस्थाले पुज्ने गरिन्छ ।
कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरी, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् । सप्तगण्डकी नदी प्रणालीका नामले समेत चिनेने कालीगण्डकीका सात वटा मुख्य सहायक नदीहरुमा त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, मादी, सेती र दरौँदी पर्दछन् ।
सयौँ प्रकारका वनस्पति कालीगण्डकीको जलप्रवाहकै कारण जीवित छन् । कालीगण्डकी क्षेत्रको आफ्नै धार्मिक, सांस्कृतिक र पारिस्थितिक प्रणाली छ । त्यस प्रणालीलाई बिथोलियो भने पनि हाम्रो जीवन संकटमा पर्न सक्छ भन्ने बुझाइ आम नागरिकमा नहुँदा यस नदीले ठूलो संकट झेलिरहेको छ । कालीगण्डकीको जुन किसिमको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहासलाई नास हुने तरिकाले जथाभावी दोहन गर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने, बाँध बाध्नेजस्ता गतिविधिलाई राज्यले कठोरताका साथ नियन्त्रण गर्नुपर्छ ।
आज कालीगण्डकीको बहाब क्षेत्रमा वैध अवैध गरी सयभन्दा बढी क्रसर चलिरहेका छन् । तिन सयभन्दा धेरै फिरफिरे उद्योगहरू छन् । दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएका छ्न । यी क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा पनि छैनन । यसले पनि देखाउँछ कालीगण्डकी दोहनको जालो कत्रो छ भनेर ।
प्रकृति दोहनमा नेताहरूको आशीर्वाद प्राप्त टोली जमेर लाग्दै आएको छ । अधिकांश पत्रकारहरू अवैध व्यवसायीहरूका छत्रछायामा बाँचिरहेका छन् । कालीमाथि भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि सधैं मौन छ÷बस्छ । चोर पुलिसको खेल खेलिरहेको छ । एकाध मान्छेको स्वार्थ, लाभ र दादागिरीका लागि कालीगण्डकी नदीले अहिलेको संकट झेल्नु अभियानलाई कदापि स्विकार्य नभएको गिरी बताउँछ्न ।
‘अलिकति पनि विवेक र नैतिकता भइदिएको भए जनप्रतिनिधि, कर्मचारी, दलाल, तस्कर, माफिया र व्यवसायीहरूको यो कार्टेलले यसरी प्रन्ध लाख मानिसको आश्रयस्थल बस्ने÷बाँच्ने सभ्यताको सूचक नदीलाई दोहन÷ उत्खनन गरेर यहाँको पर्यावरण ध्वस्त पार्ने थिएनन । यत्रो अपराध भइरहँदा टुलुटुलु हेरेर बस्ने तपाईं हामी ‘मुर्दा’ नागरिकहरू पनि त्यो विनाशका लागि कम जिम्मेवार छैनौं। तसर्थ अब जुट्ने÷ जाग्ने भनेको सचेत सजग नागरिकहरू नै हो’ गिरीले सार्वजनिक अपिल गर्छन् ।
अभियानले विगतमा अनेक पल्ट दोहन विरुद्ध डेलिगेसन जाने, उत्खनन गर्ने डोजर कब्जा गर्ने, पर्यावरणीय ¥याली निकालेर विरोध गर्दै आएको थियो । तर, हामीले गर्दै आएको ध्यानाकर्षण, खबरदारी र सिर्जनात्मक विरोधले राज्य तहका शासकसम्म आवाज नपुगेकाले अब अभियानले विरोधको स्वरूप परिवर्तन गर्दै छिट्टै विविध कार्यक्रम सहित ’कालीगण्डकी मार्च’ गर्ने उद्धोष गरेको छ । ढोरपाटनबाट






