पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका...
पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको ब्याक्तित्व विकासमा...
ओमप्रसाद शर्मा घायल
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन्...
पर्वत/प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई सम्बोधन गर्दै प्रेस सेण्टरले पत्रकारिताका समस्या र समाधानका उपायहरु सहित ध्यानाकर्षण पत्र बुझाएको हो । पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल लाई उक्त पत्र...
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले उनिहरु पर्वत आईपुगेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा...
पर्वत/आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो । नगरका कर्मचारीहरु सबै वडामा पुगेर वडाध्यक्ष, वडा सदस्य, टोल विकास संंस्थाका पदाधिकारी, राजनीतिक दलका...
पर्वत/कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ । विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन गर्नका लागि दुई दिने सहजीकरण गरीएको हो । जेठ २९ र ३० मा माध्यमिक विद्यालयमा...
पर्वत/सामाजिक सञ्जालमा पार्टी संगठन र पार्टी नेतृत्वको विरूद्धमा जथाभावी लेख्ने वा बोल्ने जोकोही नेता कार्यकर्ताहरूलाई पनि अब पार्टी अनुशासनको कार्वाही गर्ने नेपाली काँग्रेस पर्वतले चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी संगठनको विरूद्धमा भ्रामक कुराहरू आउन थालेको र त्यसले निष्ठावान कार्यकर्ताको मनोबल घटाएको भन्दै सोमवार बसेको नेपाली...
म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्वरको वस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बस पल्टिदाँ ९ जना पुरुष,...
पर्वत/कुश्मा नगरपालिका-२ खुर्कोटका राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रका अगुवा डिल्लीराज वास्तोलाको स्वर्गारोहण भएको १० औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस खुर्कोटले उहाँकै निवासमा श्रद्धाञ्जली सभा आयोजना गरेर स्वर्गिय वास्तोलाको जीवनी योगदानको चर्चा गरेको छ ।
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा...







