Saturday, May 2, 2026

आर्थिक

पर्वत/नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत...
पर्वत/बिहादी गाउँपालिकाले मागका आधारमा कृषकलाई ७५ प्रतिशत अनुदानमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन तथा व्यवसायिक किसानहरुलाई प्रोत्साहन स्वरुप बिरुवा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बिहादी गाउँपालिका कृषि विकास शाखाको आर्थिक बर्ष ०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा बर्षे फलफुलका...
पर्वत/सेवाग्राही र सेवा प्रदायकबीचको समझदारी कायम गर्दै स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउने अभिप्रायले मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाको वडा न ६ तिलाहारमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुलाई गाउँपालिकालाई ७६...
पर्वत/ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोपमा सहकारीका सदस्यहरूले जिल्ला प्रशासनमा निवेदन दिएपछि यो कुरा बाहिर आएको हो । जिल्ला...
पर्वत/कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पर्वत ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा १३३ टोलि सहभागी हुने भएका छन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको उदघाटन गर्दै पर्वत ब्याडमिन्टन संघले ब्याडमिन्टन खेलप्रतीको रुचि जगाउने काम गरेको बताउनुभयो । जोशीले खेलले स्वस्थ...
पर्वत/मोदी गाउँपालिकाले आगामी जेठ ८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमल गौतमका अनुसार मोदी गाउँपालिकाको वडा न ६ तिलाहार स्थित तिलाहार बहुमुखी क्याम्पसमा...
पर्वत/पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेर उपचारलाई सुलभ बनाएका छन् । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पर्वतको...
पर्वत/कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना भित्रका वालवालिका लाई १३ वटा रोगबाट जोगाउन्व ७ प्रकारका खोप लगाइएको सुनिश्चित गर्दै पुर्ण खोप सुनिस्चित...
पर्वत/कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको छ । कुश्मा नगरपालिका सामुदायिक तथा संस्थागत बिधालयमा रहेका ३० जना वालविकास सहजकर्ता लाई तालिममा सहभागी गराइएको छ । आजबाट शुरु गरिएको तालिम ६ गतेसम्म चल्ने छ । वालविकास केन्द्रका सहजकर्ता लाई पाठयक्रम विकास केन्द्रले तयार पारेको पाठयसामाग्रीको...
पर्वत/नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन पर्वतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको मोर्चा...