Saturday, May 2, 2026

आर्थिक

पर्वत/जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ। गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत...
पर्वत/बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्याबटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो...
पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५ वटा सडकको शिलान्यास जनताको आँखामा छारो हाल्ने र तमासा गर्ने काम भएको भनि जनस्तरबाट व्यापक विरोध हुन थालेको छ । पर्बत बेनीदेखि मल्लाज- माझफाँट -लेखफाँट हुँदै सालिजा-नागी-राम्चे जोड्ने सडकलाई...
माधव चापागाईं बागलुङ/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थाहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयहरूलाई पनि समायानुकुल सोही धारमा परिमार्जन...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको छ। गरिबी निवारणको लागि लघ् उद्यम विकास कार्यक्रम (मेडेपा) को सहयोगमा जलजला गाउँपालिकाद्धारा आयोजना गरिएको तालिममा सहभागी भएकाहरुलाई उद्यमीले उत्पादन गरेका उत्पादनलाई बोलीका माध्यबाट बजारमा पु¥याउनको लागि तथा बोल्ने कलाको विकास...
पर्वत/गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मालाई आइतवार जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्लले स्वागत गर्नुभएको छ । मन्त्रीको स्वागत गर्दै अध्यक्ष मल्लले जलजला गाउँपालिका पर्या पर्यटन, धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेकोले यसको विकासको लागि प्रदेश सरकारले...
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अघिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको वताउनुभएको छ । उहाँले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको डाह गर्नेहरूले...
पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/ ०७८ मा संचालित कार्यक्रम र वजेट सार्वाजनिक गरेको छ । पर्वत जिल्लाका सरकारी कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र पर्वत आर्थिक वर्ष को अन्त्यमा वजेट कार्यक्रम र प्रगति सार्वाजनिक गर्ने पहिलो कार्यालय रहेको छ । कार्यालय ले वित्तिय प्रगति ८९ दशमलव ७ प्रतिशत...
पर्वत/नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत...