नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा गुरूङ निर्वाचित

पर्वत/नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणको अत्यन्तै निकट मानिन्छन।