केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङको सहयोगमा तरूण दल पर्वतले ६१ वटै वडामा मास्क वितरण गर्ने

192

पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अघिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व तयारी गर्नु अति आवश्यक छ ।

जिल्लामा सम्भावित जोखिमलाई मध्येनजर गदै नेपाल तरुण दल जिल्ला कार्यसमिति पर्वतले मास्क अभियान थालिएको छ । नेपाल तरुण दल केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार उक्त अभियान थालिएको हो । अभियानलाई सार्थक बनाउन र जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्ये नजर गदै नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् नेपाल तरुण दलका केन्द्रिय कोषाध्याक्ष बिद्धान गुरुङले एकलाख मास्क उपलव्ध गराउनु भएको छ । पर्वत जिल्लाका ६१ वटै वडामा वितरण गर्ने मास्क उपलव्ध गराईएको हो । केन्द्रिय कोषध्याक्ष सहित नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामाको पनि मास्क वितरण अभियानमा सहयोग रहेको नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ‘राज’ले जानकारी दिनुभयो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न नेपाल तरुण दलले देशभर मास्क वितरण अभियान थालेको अध्धक्ष मल्लले बताउनु भयो । अभियानको शुरुवात बिहादी गाउँपालिकावाट गरिने र आवश्यकताको आधारमा वडा कडामा मास्क उपलव्ध गराईने मल्लको भनाई छ ।

पहिलो चरुणमा प्रदेश सभा (ख) का ४ स्थानीय तहमा मास्क वितरण गर्ने नेपाल तरुण दलका नेता सागर भुषालले बताउनु भयो । आज (बुधवार) बिहादी हुँदै महाशिला र पैयुँ गाउँपालिका हुँदै फलेवास नगरपालिकाका ११ वटै वडामा मास्क वितरण गरिने कार्यतालिका तय भएको भुषालले जानकारी दिनुभयो । प्रदेश सभा क मा दोस्रो चरुणमा मास्क वितरण गरिनेछ । मास्क वितरण कार्यक्रममा पालिका सभापति सहित, वडा सभापति, जनप्रतिनिधी र तरुण सभापति अनिवार्य उपस्थित हुन भनिएको छ ।