पर्वत/ नेपाली काँग्रेसमा आस्था राखेकै कारण सशस्त्र द्धन्द्धको क्रममा यातना पाएको व्यक्ति र परिवारलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसको सय दिने विशेष अभियानका क्रममा पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाली काँग्रेस महासमिति सदस्य, नेपाल महिला संघ केन्द्रीय सदस्य एवम् जिल्ला प्रतिनिधि राधाकुमारी कुवँर क्षेत्रीले द्धन्द्ध पीडित परिवारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । उक्त कार्यक्रममा २२ जना जेष्ठ नागरिकलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको क्षेत्रीले जानकारी दिईन ।
कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले काँग्रेस पार्टीलाई जिवन्त राख्न जेष्ठ नागरिकको महत्वपूर्ण योगदान रहेको बताईन । उनले सय दिने अभियानले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन मद्दत पुग्ने बताईन । यस्तै यो अभियानले नेता कार्यकर्तामा जाँगरण ल्याउने विश्वास रहेको भन्दै उनले पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न आह्वान गरिन ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य प्रकाश आचार्य, नेपाली काँग्रेस प्रदेश सभा (ख) का क्षेत्रीय सचिव छविलाल तिवारी, प्रदेश महाधिवेशन प्रतिनिधि माया पाठक, नेपाल महिला संघ बिहादी गाउँपालिकाकी सभापति विष्णु कुमारी खड्का लगायतले मन्तव्य राखेको थिए ।