कुश्मा नगरपालिकाले कुश्मा नगरपालिकाका जुनसुकै उमेर समुहका, जुनसुकै क्षेत्रका र बिशेस गरी शैक्षिक बेरोजगार युवाहरुलाइ अल्पकालिन रोजगारी सृजना गर्न, कुश्मा नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रम यसै बर्षदेखी संचालनमा ल्याएको छ।
कार्यक्रमको उद्देश्यहरू
स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत व्यवस्था गरी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने, आवश्यक रोजगारसेवा र सहायता प्रदान गर्ने, दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारी तथा स्वरोजगारीको प्रवर्द्धन र विस्तार गर्ने, सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रहरूबीचको समन्वय र सहकार्यमाथप रोजगारीका अवसरहरू सिर्जना गरी नगरका वेरोजगार समुदायलाइ आफैले चाहेको क्षेत्र, समय, र स्थानमा रोजगारी सृजना गरी बहुआयामिक लाभ लिने रहेको छ।
कार्यक्रमका क्षेत्रहरु
रोजगारी सिर्जना गर्ने दिगो उत्पादनमा आधारित सामुहिक र एकीकृत खेतीतथा पशुपालन गर्ने खालका योजनाहरु, अध्ययन, अनुसन्धान र रणनैतिक संचार एवं पर्यटन पर्वद्धन, पूर्वाधार निर्माण, मर्मत तथा संभार,बैदेशिक रोजगारीवाट फर्केका युवा समुहहरूका नवीन योजनाहरू,जलचक्र, खानेपानी संरक्षण तथा व्यवस्थापन गरी रोजगारी सिर्जना हुने कार्यक्रमहरू, मानव उत्पन्न प्रकोप व्यवस्थापन तथा न्यूनीकरण गर्ने क्षेत्रका योजनाहरु, प्रभावकारी शिक्षा, तालिम, जनचेतनामुलक अभियान हरू, वृक्षारोपण तथा पर्याबरण संरक्षण मा आधारित कृषि वन बिकाश जस्ता क्षेत्रमा योजना निर्माण गरी कार्यान्वयन गर्न सकीने व्यबस्था रहेको छ।
योजना पेश गर्ने बिधि
कुश्मा नगरपालिकाको कार्यलयले योजना मागको सुचना प्रकाशित गरेपछी आयोजना माग गर्दा कार्यविधिको अनुसूची २ अनुसार आयोजनाको उद्देश्य सहितको बिबरण, आयोजना मा हुने मुख्य मुख्य कामहरु, आयोजनामा संलग्न हुने समुहको बिबरण सहीत आयोजनामा संलग्न हुने अन्य नीकायहरू भए सो को बिबरण सहीत निर्धारित मितिमा कार्यलयमा उपस्थित भएर वा इमेल मार्फत पनी पेश गर्न सकिने व्यवस्था रहेको छ। स्थानीय स्तरमा बिद्धमान सम्स्या समाधान गर्ने, धेरै भन्द धेरै व्यक्तिहरुलाइ रोजगारी सृजना गर्न सक्ने खालका आयोजनाहरुलाई प्राथमिकता दिने पनी व्यवस्था रहेको छ।
आयोजना छनोटको आधार
निर्धारित समयमा पेश हुन आएका आयोजना हरुलाई लागत साझेदारी, आयोजनाबाट लाभान्वित हुने जनसंख्या, दिगो र अधिकतम रोजगारी सृजना हुने आधार मानेर गरिनेछ।