कार्तिक २८,पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका हुन ।
दुई सय रोपनी क्षेत्रफलमा रोपाई हुने फाँटमा धानका वाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरुले मुसाको दिर्घकालिन समाधानका लागि कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन पर्वतमा मुसा नियन्त्रणको लागि निवेदन दिएका हुन । वल्ल तल्ल रोपाई गरेको खेतको धान काटने समयमा मुसाले नष्ट गरेका कारण लगाएको बाली यत्तिकै छाडनु परेको स्थानीय किसानहरुले बताएका छन् ।
कुश्मा नगरपालिका–१० र ८ का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणको लागि पहल गरीदिन र क्षतीपुर्तिको माग गर्न आँफुहरु प्रशासन आएको कृषक कोमल नारायण पौडेलले बताउनुभयो ।






