पर्वत/कुश्मामा आजदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । महोत्सवको आज दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदक गिरीले उद्घातटन गर्नुहुने भएको छ ।
स्थल निर्माण, स्टेज निर्माण, स्वागत द्धार तथा रमाईलो मेलाका सवै तयारीहरु सकिएको सोमवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा पुन युवा क्लवका अध्यक्ष तथा महोत्सवका मुल संयोजक कृष्ण पुनले जानकारी दिनुभयो । पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन यूवा क्लवले ४२ औँ मगर दिवसको अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न थालेको हो । महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहनेभएका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । सवै स्टलहरु बुक भैसकेको आयोजकले जनाएको छ ।
महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई १ सय, विद्यार्थीका लागि ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव उद्घाटन पुर्व कुश्माबजारमा विभिन्न जातजाती, समुदाय र संस्कृतिका भेषभुषा सहित र्याली प्रदर्शन गरिने भएको छ । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ संचालन गर्न लागिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ । जसको प्रथम, द्धितिय र तृतिय पुरस्कार रु।दूई लाख दुई हजार २२२, द्धितिय रु एक लाख एक हजार १११ र तृतिय पुरस्कार रु ५० हजार १११ रहेको छ । त्यसैगरी पालिका स्तरीय महिला भविबल प्रतियोगिता, प्रौढ भलिवल प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, रत्यौली र लोकभजन प्रतियोगिता आकर्षणको रुपमा रहेका छन् ।
महोत्सवमा ५५ लाख रपैया खर्च र ७५ लाख रुपैया आम्दानी हुने अपेक्षा गरिएको आर्थिक संयोजक गणेश पुनले जानकारी दिनुभयो ।
महोत्सवमा मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुती समेत रहने भएको छ । त्यसैगरी विश्वकै दोस्रो अग्लो बञ्जी, जीपलाईन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा दुई सय भन्दा बढि व्यावसायिक स्टलहरु रहने महोत्सवका मुल संयोजक पुनले जानकारी दिए । महोत्सवको पुर्व सन्ध्यामा सोमवार सयौको संख्यामा मोटरसाईकल र ट्याक्सीको र्याली गरी बजार परिक्रमा गरिएको थियो ।






