फागुन १५ देखि २६ सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी तिव्र

37

पर्वत/फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी पर्वतमा तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक कृष्ण व पुनले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, दोहोरी गित प्रस्तुती, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति राखिएका छन् ।

करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवमा करिब सवै स्टलहरु बुकिङ भइसकेका आयोजक पुन क्लबले बताएको छ । महोत्सवको तेस्रो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।