मोदी गाउँपालिकाले चौंथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता गर्दै

पर्वत/राष्ट्रिय सभाका अध्यक्षको सम्मानमा पर्वतको मोदीमा चौथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगताको आयोजना गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको आफ्नै पालिका रहेको मोदीमा यस अघि ३ पटकसम्म राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको थियो ।

चौथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता मोदीको वडा न ६ तिलाहारमा आयोजना गरिएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन । शर्माका अनुसार अध्यक्ष कप प्रतियोगीताका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्नेछन् ।

प्रतियोगीतामा गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा महिला भलिबल खेलको आयोजना गरिएको छ । यसैगरी कार्यक्रममा रतौली र भजन प्रतियोजीता समेतको आयोजना गरिएको छ । आगामी मंसीर २० गते देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको सवै खर्च रकम गाउँपालिकाले ब्यवस्थापन गर्दै आइरहेको छ ।