कुश्मा नगरपालिकाले गर्यो नगरसभा : ८७ करोड ८५ लाखको बजेट सार्वजनिक

पर्वत/कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको लागि ८७ करोड ८५ लाख बिनियोजन भएको छ । बुधबार सम्पन्न नगर सभाले नगरपालिकाको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटलाई पारित गरेको हो । बजेटवाट चालु तर्फ ५४ दशमलब २४ र पुँजीगत तर्फ ४५ दशमलब ५६ प्रतिशत बिनीयोजन गरिएको छ । नगरपालिकाले बिनीयोजन गरेको रकम मध्ये संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समानिकरण, शसर्त अनुदान, समपुरक अनुदान र आन्तरिक आयलाई मुख्य आधार बनाईएको छ । नगरले आन्तरिक आयबाट ७ करोड ७४ लाख प्राप्त हुने अनुमान गरेको छ ।

त्यसैगरी गत वर्ष बैंकमा मौज्दात रहेको रकम ३ करोड १६ लाख, नेपाल सरकार सशर्त अनुदान चालु तर्फ रु।४१ करोड ७८ लाख, नेपाल सरकार सशर्त अनुदान पुँजीगत तर्फ २ करोड २५ लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान १ करोड ५० लाख, नेपाल सरकार विशेष अनुदान १ करोड ६० लाख, गण्डकी प्रदेश सरकारवाट प्राप्त शसर्त अनुदान ७५ लाख र समपुरक अनुदान ५० लाख गरि कुल जम्मा ८७ करोड ८५ लाख आय अनुमान गरिएको छ ।

नगर सभाले वडागत योजना तथा कार्यक्रमका लागि ५ करोड ७९ लाख विनियोजन गरेको छ । नगर स्तरिय पुर्वाधार कार्यक्रममा ३ करोड २५ लाख, सामाजिक विकास तर्फ ४ करोड ५९ लाख, आर्थिक विकास तर्फ १ करोड ५९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ५२ लाख, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन तर्फ ५० लाख बिनीयोजन गरेको छ ।