पर्वत/नेपाली काँग्रेस पर्वतले सांगठनिक शुदृढिकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीको शुदृढिकरणका लागि सबै ६१ वटा वडामा प्रतिनिधी खटाउने भएको छ ।
अभियान शुरु भएपछिको आज दोस्रोदिन बसेको जिल्ला कार्यसमितिको बैठकले वडा संगै पालिका र प्रदेश स्तरीय सम्मेलन र भेला गर्ने मिति र कार्यतालिका बनाएको प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । अभियान अन्तरगत बडा बैठकहरू, पालिका बैठकहरू , प्रदेश क, ख बैठक तथा पालिका र प्रदेश बैठकहरू केन्द्रिय प्रतिनिधिको रोहवरमा हुनेछ । केन्द्रीय प्रतिनिधि सिता थपलिया (उर्मिला)को बिशेष उपस्थितिमा भएको बैठकले बिभिन्न कार्यक्रमहरू तय गरेको तिवारीले बताउनुभयो ।
जस अन्तर्गत पालिकाहरूको सम्मेलन गर्ने भाद्र ३० गते गर्ने, असोज ६ गते प्रदेश सम्मेलन गर्ने र जिल्ला सम्मेलन असोज १३ गते गर्ने बैठकले निर्णय गरेको छ । पालिका अन्तरगत भदौ १२ मा जलजलाका बडाहरूमा , भदौ १६ मा कुश्मानगरपालिकाका बडाहरूमा, भदौ १३ गते मोदीका बडाहरूमा, भदौ १५ गते पैयुँ बडाहरूमा, भदौ १७ गते बिहादीका बडाहरूमा , भदौ १८ मा फलेवास नगरपालिकाका बडाहरूमा र १९ गते महाशिलाका बडाहरूमा सम्मेलन गरिने भएको छ । भाद्र ३० एकै दिन ७ बटै पालिका सम्मेलन गर्ने पनि जिल्ला कार्यसमितिले निर्णय गरेको छ ।
यस्तै महासमिति सदस्य छनोट यही साउन ३० भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । भदौ २४ गते भव्यरूपमा बिपि स्मृति दिवस मनाउने र समुदाय स्तरमा काङग्रेस कार्यक्रमको समापन गरिने भएको छ । गाउँमा गएर संगठनको गतिबिधि, संगठनको पूर्णता लगायतको बारमो गहिरो छलफल र अध्ययन गरी पालिका जिल्ला हुँदै केन्द्रसम्म प्रतिबेदन पेस हुने जनाइएको छ ।
नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा सम्पन्न बैठकमा पार्टी पदाधिकारी र केन्द्रिय प्रतिनिधि सिता थपलिया (उर्मिला) उपस्थित हुनुहुन्थ्यो ।