जलजलामा ३ मा निर्माण भएको विद्यालयको १० कोठे भवनको गाउँपालिका अध्यक्ष आचार्यद्वारा उद्घाटन

पर्वत/जलजला गाउँपालिका वाड नं ३ मा अवस्थित जलजलाको पुरानो विद्यालय विद्याज्योति माध्यमिक विद्यालयको हाताभित्र निर्माण भएको १० कोठे पक्की प्रविधियुक्त भवनको उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त भवनको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विहीवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

भवन निर्माणका लागि विकास बेल्जियमबाट १ करोड २९ लाख १६ हजार ५ सय ३५ रुपैयाँ र जलजला गाउँपालिकाबाट ४३ लाख ५ हजर ५ सय १२ रुपयाँ गरि कुल १ करोड ७२ लाख २२ हजार रुपैयाँ ४७. पैसामा उक्त सप्पन्न भएको अध्यक्ष आचार्यले वताउनु भयो । स्मार्ट बोर्ड, प्रोजेक्टर फर्निचर, अन्य सामग्री खरिदका लागि समेत विकास बेल्जियमको छुट्टै २१ लाख ९२ हजार ३ सय ३० रुपयाँ सहयोग गरेको प्रधानध्यापक रघुनाथ आचार्यले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष आचार्यले आफू गाउँपालिकाको अध्यक्ष भएपछि आफ्नो पहिलो प्राथमिकता नै शिक्षा क्षेत्र रहेको जानकारी गराउनुभयो । उहाँले गाउँपालिका भित्रका कक्षा १० सम्म पढाइ हुने विद्यालयमा आगामी बैशाखबाट smart बोर्डमार्फत कक्षा सञ्चालन तयारीमा लागेको जानकारी दिनुभयो । ‘गाउँपालिका भित्र सञ्चालित बाल कक्षा हरुलाई smart टिभी मार्फत नयाँ प्रविधिको तरिकाले सिकाइ प्रक्रिया अगाडि बढाउन लागेका छौं, सामुदायिक विद्यालयमा घट्दै गएको अभिभावकको विश्वासलाई पुनर्स्थापित गर्ने हाम्रो लक्ष्य छ ।’- अध्यक्ष आचार्यले भन्नुभयो । सहयोगी संस्थालाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा विकास बेल्जियमका भ्वाइस प्रेसिडेन्ट करेल आर्टस र जलजला गाउँपालिकाका पूर्व अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले पनि बोल्नुभएको थियो । भवन निर्माणसँगै उक्त विद्यालय नेपालको नमुना विद्यालयको रूपमा तयार भएको प्रोजेक्ट कोवर्डिनेटर टेकबहादुर बरुवालले बताउनु भयो । उहाँका अनुसार यो संस्थाले बिगत ३५ बर्षदेखि बिकासका पुर्वाधारदेखि विभिन्न दैवी प्रकोपका क्षेत्रमा काम गर्दै आएको छ ।

जलजला गाउँपालिका वाड नं ३ का अध्यक्ष एवं विद्यालय व्यबस्थापन समितिका का. बा अध्यक्ष एकेन्द्र खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन हरि वरूवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक रघुनाथ आचार्यले गर्नुभएको थियो ।