कवि विमल पौडेलले ल्याए धौलागिरिमै पहिलो बाछिटा संग्रह ‘अम्लान’

पर्वत/कवि विमल शर्मा पौडेलले धौलागिरि अञ्चलमै नयाँ बाछिटा संग्रह ‘अम्लान’ सार्वजनिक गरेका छन् । उनको दोस्रो कृति अम्लान बाछिटा सङ्ग्रह महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर विमोचन गरिएको हो । बाछिटा सङ्ग्रहको विमोचन गर्दै बरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानले अम्लान बाछिटा सङ्ग्रह धौलागिरिकै नविनतम कृति भएको वताए । कृतिले कुशासन र भष्ट्राचारको बिरोध,बढ्दो बेरोजगारको समस्याप्रति चिन्ता,संस्कृति तथा चाडपर्वको वर्णनलाई व्यङ्ग्यभावमा चित्रण गरिएको डाक्टर न्यौपानेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यौपानले विमल र सरस्वती मानव भन्दा माथि र भगवानभन्दा तल विचमा पवित्र साध्यका रुपमा रहेको बताए । समाज परिवर्तनको बलियो आधार साहित्य क्षेत्र रहेको भन्दै यसैले हरेक समाजका विकृति विसंगती त्याग्न सत्प्रेणाद्धार सक्ने भन्दै दुवैको प्रसंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै सिर्जनाकार विमल शर्मा पौडेलले श्रीमती साहित्य सिर्जनाको गुरु रहेको भन्दै यो क्षेत्र शान्त र आन्नदको साध्य रहेको सुनाउँदै जीवन्त यसैमा रहने बताए । कार्यक्रमका सभापति माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा‘जिज्ञासु’ले साहित्य क्षेत्रका माध्यमा रहेर आफुले नयाँलाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने संस्कारको थालनी गर्न जानेको भन्दै समाजका मुद्धा र यार्थततालाई यहि माध्यमा प्रस्तुतु गर्न जानेको बताइन् ।

उक्त कार्यक्रममा लेखक संघ पर्वतका अध्यक्ष ओमप्रसाद घायल,शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द पोखरेल,शिवालय क्याम्पसका प्रमुख लेखनाथ उपाध्याय ,नारायण माविका पूर्वप्रधानाध्यापक पृथ्वीनारायण शर्मा,कुस्मा नगरपालिका ९ का वडाध्यक्ष रामशर्मा लामिछाने लगायतले बोल्दै विमल शर्मा पौडेलको कृति अम्लान बाछिटासङ्ग्रहको चर्चा गरेका थिए । माधुरी साहित्य प्रतिष्ठान कुस्माको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार भवानीशंकर पौडेल र लक्ष्मीराज पौडेललाई साहित्यमा पु¥याएको योग्दान वापत सम्मान गरिएको हो । भने,गुरुङ चलचित्रका नायक तारा गुरुङद्धारा नेपाली राष्ट्रिय टोपीको महत्वलाई नाट्यकलामा प्रर्दशन गरिएको थियो ।

माधुरी साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुभन्तनाथ सुवेदीले स्वागत,सर्जक विमल शर्मा पौडेलका छोरी सविना पौडेलले धन्यवाद मन्त्वय राखेका थिए । सो,लाकापर्ण कार्यक्रममा जिल्लामा रहेर साहित्य क्षेत्रमा योग्दान पु¥याएका नयाँ र पुराना दिग्जहरुको सहभागिता रहेको थियो । माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार अध्यक्ष सरस्वती शर्मा‘जिज्ञासु’को सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन सचिव नवराज शर्माले गरेका थिए ।