बन डिभिजन कार्यालय पर्वत गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत/गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय पर्वतलाई नमुना कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट काम गरेका कारण नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकारले नमुना कार्यलय छनोट कार्यबिधि २०७८ बमोजिम उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितीमा पर्वतका प्रमुख बिष्णु प्रसाद अधिकारिलाई नगद ३० हजार र प्रमाणपत्रका साथमा पुरस्कृत गरिएको छ ।

गण्डकि प्रदेश सरकारले बिभिन्न ुसचक र सुचाङकको आधारमा नमुना कार्यलय छनोट गरेको हो । कार्यलयको सेवा प्रवाह र कार्य प्रगतिको अबस्था,आर्थिक अनुसासन ,भौतिक सरचना र कार्यलय ब्यवस्थापन,नविनता र सृजनशीलता, कर्मचारि अनुशासन र आन्तरिक नियन्त्रण लगायतको कुरालाई मूल्यांकन गरि उत्कट कार्यलय घोषणा गरिएको कार्यलयका लेखा प्रमुख गौरव बैरागिले बताए ।

कार्यालयले नयाँ खालका कामको पनि सुरुवात गरेको थियो ।प्रदेश सरकारले उत्कृष्ट घोषित गर्दा थप हौसला र ऊर्जा मिलेको कार्यलय प्रमुख अधिकारिले बताए ।