‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

353

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको वताउनु भएको छ । उहाँले फलेवास नगरकार्यसमितिले सोमवार खानीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले झण्डै दुईतिहाइको नजिक जनमत पाएका कम्युनिष्टहरूले सरकारमा पुगेपछि निकै बदनाम भएको आरोप लगाउँदै कम्युनिष्टकै असक्षमताका कारण संसदमा अविश्वासको प्रस्ताव पेश गर्ने सामर्थ्य समेत नभएको काँग्रेसलाई काँधमा बोकेर सत्तामा पुर्याएको दावी गर्नुभयो । नेता जोशीले काँग्रेसको आन्तरिक विचलन र कम्युनिष्टको भ्रामक प्रचारबाजीले विगतमा काँग्रेसको पराजय भएको वताउँदै पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धा गरेपनि आम चुनावमा रूखलाई हेरेर भोट हाल्न कार्यकर्तालाई सुझाव दिनुभएको थियो ।

केन्द्रीय सदस्य जोशीले पार्टीभित्र आन्तरिक एकताको कुरा पछिल्लो समय निकै उठ्ने गरेको तर एकताको आधार के हो र बाधक को हो भन्ने कुराको पहिचान हुन नसकेको भन्दै पार्टीभित्रको सहकार्य, एकता र सुदृढीकरणको लागि आफू सबै मूल्य चुकाउन र त्याग गर्न तयार रहेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले पार्टीमा सांगठनिक अनुशासन कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले काँग्रेस नेता कार्यकर्ताहरूलाई अहिलेको अधिवेशनको जीतहारमा रमाउने र चित्त दुखाउने नभएर काँग्रेसलाई भोलिको आमनिर्वाचनमा पहिलो पार्टी बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति नवराज गुरुङ, पार्टी सचिव द्वय विश्वप्रकाश प्रसाई र अशोक उचै ठकुरी, पार्टी कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, प्रदेश सांसद ललितकला गुरूङ, क्षेत्रीय सभापति गंगाधर पौडेल, महासमिति सदस्य गंगाधर तिवारी, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, काँग्रेस नेता राम शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि जीतबहादुर सुनार शेरबहादुर, शंकरपोखरीका सभापति अर्जुनबहादुर कार्की, मुडिकुवालाई सभापति कृष्ण पौडेल, काँग्रेस नेतृ रेखा गुरुङ, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यहरू शिवप्रसाद सुवेदी, देवीप्रसाद विलासी, हरि न्यौपाने, प्रमोद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेवि सघंका जिल्ला अध्यक्ष मिलन सुवेदी, नेपाली कांग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईं, क्षेत्रीय सदस्य विप्लव हमाल, नेपाल निजामती कर्मचारी युनियन संघका सल्लाहकार किरणराज तिवारी, काँग्रेस नेता बालचन्द्र शर्मा, नेपाल शिक्षक संघ फलेवासका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, विद्यार्थी नेता अच्युत तिवारी, पंकज शर्मा, सुनिल शर्मा, दलित संघ पर्वतका अध्यक्ष यामबहादुर परियार,तरूण नेता दिनेश लामिछाने लगायतका झण्डै चार दर्जन बढिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फलेवास नगरकार्यसमितिका सभापति हिरामणि सापकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव धनबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि जोशीले खादा ओढाएर सम्मान तथा पदस्थापन गराउनुभएको थियो ।