काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि तीन जनालाई बढुवा सिफारिस गरेको छ । डीआईजीत्रय पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआईजीका लागि सिफारिस गरिएको छ ।
कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागु औषध नियन्त्रण ब्यूरो र बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा थिए । प्रहरी नियमावली, २०७१ (संशोधित सहित) को नियम २७ को उप– नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिस गरिएको हो ।






