काँग्रेस युवा नेता सुवेदीद्धारा बरेङमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

सो अबसरमा पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल तरुणदल अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ , नेपाल शिक्षक संघ बागलुङ का अध्यक्ष उमाकान्त पौडेल, तरुण दल उपाध्यक्ष गोपाल पौडेल , शिक्षक संघ सहसचिब मदन कार्कि, तरुण दल बरेङ अध्यक्ष समिर थापा र स्वास्थ्यकर्मिहरु को गरिमामय उपस्थिति रहेको थियो । एक थान अक्सिजन कन्सन्ट्रेटर, ४५ थान पिपिइ, १७ थान पल्स अक्सिमिटर , ४० थान डिजिटल थर्मोमिटर, १० लिटर स्यानिटाइजर, १५ सय सर्जिकल मास्क, N-95 मास्क, ग्लोब्स, साबुन र औषधी हरु उपलब्ध गराएका छन । अक्सिजन कन्सन्ट्रेटर नेपाल चिकित्सक संघले काठमाडौं देखी उपलब्ध गराएको हो

सो अबसरमा गाउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले अप्ठयारो समयमा प्राप्त यि सामाग्रीले कोभिड बिरुद्धको लडाइमा सहयोग हुने कुरा बताउदै सहयोगि हातहरुलाइ धन्यवाद प्रकट गर्नु भयो ।