नेपाल तरूण दलद्वारा पाटन अस्पतालमा स्वास्थ्य सामग्री वितरण

16

काठमाडौं/नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङलगायतकाे टोली अस्पतालमै गएर माक्स, स्यानिटाइजर र पीपीई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

तरुण दलले ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. पारस आचार्यलाई २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष बस्नेतले कोरोना भारइसको अहिलेको जोखिम अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरिरहेकाले उनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।

‘जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै ७१औं प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरियो’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।