नेपाली काँग्रेसद्वारा मुडिकुवाका बाढि पीडित परिवारलाई आर्थिक सहयोग, क्षेतिग्रस्त क्षेत्रको अवलोकन

266

पर्वत/जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका बाढि पीडित परिवारलाई नेपाली काँग्रेस पर्वतको तर्फबाट राहात प्रदान गरिएको छ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा मुडिकुवाका बाढी पीडित नविन विकको घरमा पुगेर राहात वितरण गरिएको हो । जेठ २८ गते ठाडोखोलामा आएको बाढि बस्तीमा पस्दा नविन विककी ३ वर्षिय छोरी निकिताको मृत्यु भएको थियो भने नविन सहित उहाँकी श्रीमती समेत घाईते हुनुभएको थियो । गोठमा पालेका दुईवटा भैसी र एउटा गोरु समेत मरेको थियो । विकको घर बस्नै नमिल्ने गरि क्षतीग्रस्त भएको छ । क्षतीको अवलोकन पश्चात काँग्रेसको टोलीले विक परिवारलाई सान्त्वना प्रदान गर्दै ३० हजार रुपैयाँ राहात रकम हस्तान्तरण गरिएको छ ।

राहात हस्तान्तरण गर्दै काँग्रेस केन्द्रिय सदस्य जोशीले बाढिबाट छोरी गुमाएका र सम्पत्ती नोक्सान भएका विक परिवारलाई आवश्यक आर्थिक सहयोग र पुनर्स्थापनाका लागि राज्यको ध्यानाकर्षण गराउनुभएको छ । आफ्नो पार्टीको तर्फबाट आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने जोशीले बताउनुभयो । उहाँले उद्धारमा खटिनुभएका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिनुभयो । नेपाली काँग्रेस पीडित परिवारको पुनस्र्थापनामा गम्भीर रुपमा लाग्ने नेता जोशीले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य देबिप्रसाद विलासीले गर्नुभएको थियो । उक्त कार्यक्रममा महासमिति सदस्य तथा नेपाली काँग्रेस सञ्चार तथा प्रचारप्रसार विभागका केन्द्रिय सदस्य राधाकुमारी कुँवर क्षेत्री, महासमिति सदस्य तथा नेपाली काँग्रेस संगठन विभागका केन्द्रिय सदस्य गंगाधर तिवारी, महाधिबेशन प्रतिनिधी जीतबहादुर सुनार शेरबहादुर, जिल्ला सदस्य एवं यातायात विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदी जिल्ला सदस्यहरु डा. चुडामणी शर्मा, दयाराम गौडेल, देबिप्रसाद विलासी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी, मुडिकुवाका सभापती पुनाखर गौँडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल प्रेस यनियनका उपाध्यक्ष रोशन तिवारी, प्रेस युनियन पर्वत सचिव साजन परियार र नेपाल तरूण दल फलेवासका अध्यक्ष दिनेश लामिछाने लगायतको सहभागीता थियो ।