काँग्रेस नेतृ आरजु देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताद्वारा धौलागिरिका तीनवटै जिल्लालाई स्वास्थ्य सामग्री वितरण

पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताहरू विद्वान गुरूङ र यामबहादुर मल्ल रामकृष्णले वुधवार पर्वत, बागलुङ र म्याग्दी तीनवटै जिल्लामा पुगेर कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूमार्फत जिल्लामा गठन भएको सिसीएमसीलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा पीपीई सेट, सेनिटाइजर, पञ्जा, नर्मल मास्क र एन ९५ माक्स गरि एउटा जिल्लामा झण्डै दुईलाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । उक्त स्वास्थ्य सामग्री नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष एवं काँग्रेसका युवा नेता विद्वान गुरूङ र नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं काँग्रेसका युवा नेता यामबहादुर मल्ल रामकृष्णले पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत हस्तान्तरण गर्नुभएको थियो । उहाँहरूले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्दा पर्वत, बागलुङ र म्याग्दीका काँग्रेसका स्थानीय नेताहरूको समेत सहभागिता रहेको थियो ।

सामग्री हस्तान्तरण पछि कुरा गर्दै तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं काँग्रेसका युवा नेता विद्वान गुरुङले नेपाली कांग्रेस प्रतिपक्षमा भएर पनि सबैभन्दा पहिले सरकारले निर्माण गरेको कोरोना राहत कोषमा ५० लाख रूपैयाँ जम्मा गर्ने देखि लिएर काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संगठनहरुले देशैभरि यो महामारी र विपत्तिमा योगदान पुर्याएको दाबी गर्नुभयो । नेता गुरुङले यो स्वास्थ्य सामग्री सहयोग गर्ने काँग्रेसका प्रभावशाली नेतृ आरजु राणा देउवा र सामग्री ल्याउन पहल गर्ने नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को प्रशंसा समेत गर्नुभएको थियो । उहाँले सरकारमा रहेकाहरूले स्वास्थ्य सामग्री खरिदमा समेत कमिशन खाएर वदनाम भएको वेला प्रतिपक्षी काँग्रेसले देशव्यापी रूपमा सहयोगको अभियान सञ्चालन गरेको भन्दै महामारी रोकथाम र व्यवस्थापनमा कुनै समस्या भए आफूहरुलाई जानकारी गराउन तीनवटै जिल्लाका प्रजिअहरूलाई अपिल समेत गर्नुभएको थियो ।

कार्यक्रममा काँग्रेसका अर्का युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले काँग्रेसका प्रभावशाली नेतृ आरजु राणा देउवाले आफ्नो अनुरोधमा धौलागिरिका तीनवटै जिल्लामा यो स्वास्थ्य सामग्री पठाएर सहयोग गरेको जानकारी दिँदै उहाँको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष मल्लले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई केन्द्र सरकारले आफ्नो प्राथमिकताको विषय बनाउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । अध्यक्ष मल्लले कोरोनाको सुरूवाती चरणदेखिनै हालसम्म आफूले व्यक्तिगत रूपमै १० लाख भन्दा बढिको सहयोग गरिसकेको वताउनु भयो । स्मरण रहोस् काँग्रेस नेतृ आरजु राणा देउवाले आफ्नो व्यक्तिगत लगानीमा देशभरि कोरोना विरूद्धको अभियानमा स्वास्थ्य सामग्री सहयोग गरिसक्नुभएको छ ।