पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले आज सामजिक संजाल मार्फत जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै समस्या वा सहयोग आवश्यक परे आफुलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको हो । ‘कोभिड–१९को कारण लकडाउनको अबधी ७ दिन थपिएको छ, लकडाउनले हामी सबैको जीवन कष्टकर हुँदै गएको छ,तर जति कष्टकर भए पनि हाम्रो सुरक्षाको लागि भएकोले यसलाई स्वीकार गर्नु बाहेक हामीसँग अर्को बिकल्प छैन, विश्वभर फैलिएको यस महामारीलाई हामी सबैको सामुहिक अठोट,प्रयत्न र ईच्छाशक्ति नै परास्त गर्न सक्छौ, नेता जोशीले भन्नुभयो ‘लकडाउन अबधिभर जति कष्ट भएपनि सावधानी अपनाई लकडाउनको नियमलाई पूर्ण पालना गरेर घरमै बसी दिनुहुन जिल्लाबासी सम्पूर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुमा बिनम्र अनुरोध गर्दछु’, जोशीले भन्नुभयो । ‘लकडाउनको अवधि लम्बिन पनि सक्ने हुँदा यस बिचमा हजुरहरुलाई कुनै समस्या वा सहयोग आबस्यक परेमा निशंकोच मलाई निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’
लकडाउनको अवधिमा समस्या वा सहयोग आवश्यक परे निशंकोच रुपमा मो.९८५१०२६६८० नम्वरमा सम्पर्क गर्न जोशीले आग्रह गर्नुभयो । नेता जोशीले सरकारले गरेको लकडाउनमा सहयोग गर्नुका साथै साबुन पानीले नियमित रुपमा हात धाई आफु सुरक्षित रहि अरुलाई पनि सुरक्षित राख्न सबैलाई अनुरोध गर्नु भयो । आफु विपतको बेला सँधै जिल्लावासीको साथमा रहेको बताउँदै अहिलेपनि जिल्लामै रहेको कोरोना नियन्त्रणमा सहयोग पु¥याएको उहाँको दावी छ ।
नेपाली काँग्रेसले विषम परिस्थतीमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै राहात सामग्री वितरण गरेको बताउँदै कोरोना नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहेका जोशीले स्थानीय तहलाई जिम्मेवारीका साथ कोरोना प्रभावको रोकथाम गर्न र समस्यामा परेका नागरिकहरलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । उहाँले अहिलेको महामरीको घडिमा सवै जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ ।






