नेकपाप्रति असन्तुष्टी जनाउँदै जलजलाका एकदर्जन परिवार काँग्रेसमा प्रवेश

पर्वत/नेकपा सरकारको शासकीय शैली प्रति आम नागरिकहरुमा मात्रै नभएर स्वयं उनीहरुकै कार्यकर्ताहरुमा समेत तिव्र असन्तुष्टि बढ्दै जान थालेको छ । मुलुकको नेतृत्व गरिरहेको नेकपाभित्रबाट विद्रोह गरेर पार्टी परित्याग गर्नेहरुको लहर समेत चलेको छ । निर्वाचनको बेला जनता बिच ठुला आश्वासन बाँडेर दुईतिहाई सहित नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाभित्रबाट विद्रोह शुरु भएको हो । पछिल्लो समय सरकार र पार्टीप्रति असन्तुष्टि जनाउँदै पर्वतमा पनि नेकपा छोड्नेहरुको दर बढ्दै जानथालेको छ ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र नेकपावाट मुलुकले कुनै फड्को मार्न नसकक्ने दावी गदै नेकपाका युवा नेता एवम् नेकपा जलजला गाउँपालिकाका सदस डम्वरवहादुर श्रेष्ठसहित एकदर्जन परिवार वुधवार नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । जलजलाकै डम्वरवहादुर पुनले नेकपाले जनता माझ सपनामात्र बाँढेको र युवाहरुलाई आश्वासन मात्र बाँढेको बताउँदै नेकपा परित्याग गरेको घोषण गदै काँग्रेसमा प्रवेश गरे । श्रेष्ठ र पुन सहित जलजला गाउँपालिका झण्डै दुई दर्जन नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा मानवहादुर श्रेष्ठ, दिपक श्रेष्ठ, दुर्गावहादुर श्रेष्ठ, सपना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतका युवायुवती नेपाली काँग्रेसमा पूवेश गरेका हुन् । जलजला गाउँपालिका–४ मल्लाजमा आयोजिक एक कार्यक्रममा नेकपा परित्याग गरी करिव २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ लगायतका नेताहरुले खादा र माला लगाएर काँग्रेसमा प्रवेश गराउनु भएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जोशीले वर्तमान सरकार जनअपेक्षा अनुसार काम नगरेको बताउनु भयो । नेता जोशीले सरकारले चुनावी नारा जनताका पक्षमा काम गर्ने दिएको तर काम भने भष्ट्राचार र दलाल पक्षमा काम गरेको दावी गर्नुभयो ।

नेपाली काँग्रेस जलजला गाउँपालिका–४ मल्लाजका पाटीै सभापति मेघनाथ पौडलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसी र कार्यक्रमको संचालन काँग्रेस जलजला नेता नविन जिसीले गर्नुभएको थियो ।