पर्वत/एसईइ परिक्षामा केन्द्राध्यक्ष तोक्ने विषयका सम्बन्धमा नेपाल शिक्षक संघ पर्वतले आपत्ती जनाएको छ । जिल्ला शिक्षा समन्वय ईकाईले शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन वेवास्ता गरेकोमा विरोध गरिएको छ ।
नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी र सचिव यज्ञनाथ वास्तोलाले एक विज्ञप्ती प्रकाशित गरि केन्द्राध्यक्ष चयन प्रक्रिया पूर्वाग्रहपूर्ण टिप्पणी गरेको छ । परिक्षालाई परिक्षाकै मर्म र भावना अनुसार सञ्चालन गर्न र शैक्षिक गुणस्तर संग कसैसंग सम्झौता नगर्न संघले आग्रह गरेको छ । एकातिर कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुपमा लिएको र अर्को तिर तयारी पूर्व मुखमै आएको कार्य रोक्दा त्यसको परिणाम आंकलन गर्न नसकिएकोमा संघले आश्चर्य प्रकट गरेको छ ।
चैत ६ गतेदेखि एसईइ परिक्षा शुरु हुँदैछ । विगतका मुल्य र मान्यतालाई कुल्चिएर शिक्षा समन्वय ईकाई अगाडी बढे राम्रो सन्देश नजाने शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द पोखरेलको धारणा छ ।






