पर्बत/नेपाली काँग्रेसकी युवा नेतृ एवं महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुट उपगुट रहेको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सो अबसरमा बोल्दै उहाँले तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो । उहाँले पार्टीले तरुण युवाहरुलाई परिचालन गर्न नसकेको प्रति दुख समेत व्यक्त गर्नुभयो । काग्रेसले पार्टी भित्र रहि सहयोग नगर्नेलाइ कारबाही सुरु गर्नुपर्ने बताउदै उहाँले स्वच्छ ,निस्पक्ष, बिबादरहित सङ्गठन बनाउनु अबको आबश्यता रहेको बताउनुभयो । कार्यकर्ताहरु लाई कसैको लोभ लालचमा नपरी आफ्नो स्वबिबेक प्रयोग गरेर काम गर्न उहाँले आग्रह समेत गर्नुभयो । उहाँले पार्टी विरुद्ध जाने जो कोहिलाई कारबाही नभएसम्म पार्टी सुदृढीकरण नहुने जिकिर गर्नुभयो ।
सो अबसरमा फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले खानीगाउँमा नयाँ कार्य समिति गठन गरेको हो । प्रजातन्त्रमा आस्थावान युवाहरुको समुहले तरुण दल खानीगाउँको अध्यक्षमा निर्मल नेपाली लाई चयन गरेको छ । त्यस्तै समितिको बरिष्ठ उपाध्याक्षमा रिकु बहादुर सुबेदी अर्को उपाध्याक्षमा क्रमस प्रकास परियार, अमृत तिवारी र अर्जुन श्रेष्ठ, सचिवमा बिसान परीयार, कोषाध्याक्षमा अमृता नेपाली लगायत ४३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । नेपाल तरुण दल फलेवास नगर कार्य समितिका अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य फलेवास नगरपालिका–५ खानीगाउँका अध्यक्ष निर्मल नेपाली र कार्यक्रमको संचालन पत्रकार साजन परीयारले गर्नुभएको थियो ।






