पर्वत/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३३ औँ जिल्ला सभा तथा अधिवेशनबाट अध्यक्षमा पुन रुद्रवहादुर रिमाल निर्वाचित हुनुभएको छ । हिजोवाट शुरु भएको जिल्ला सभा तथा अधिवेशनमा सहमती नभएपछि आज मतदान भएको थियो । उनका प्रतिद्धन्द्धी कृष्ण गौडेललाई पछि पादै रिमाल निर्वार्चित भएका हुन् । अधिवेशनवाट महिला उप–सभापतिमा इश्वरी पाठक निर्वाचित हुनुभएको छ भने अर्का उप–सभापतिमा डाक्टर चुडामणि शर्मा निविरोध चयन हुनुभएको छ ।
त्यस्तै मन्त्रीमा गोविन्द पराजुली निर्वाचित हुनुभएको छ । कोषाध्याक्षमा पित्ताम्वर शर्मा अधिकारी, उपमन्त्रीमा आशिष जोशी, उप–कोषाध्याक्षमा हिरामणि सापकोटा, महिला सदस्यमा मानकुमारी गिरी, शुशिला कुमारी शर्मा, भगवती पौडेल निविरोध चयन हुनुभएको छ । अन्य सदस्यमा धुव्र मल्ल, इन्द्रमान खत्री, भिष्म मल्ल, दामोदर आचार्य, सागर गिरी, हेमशर्मा पौडेल र तिलप्रसाद पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारी शुभकामना दिँदै नेपाली काँग्रेसका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’ ले निर्वाचित पदाधिकारीलाई धन्यवाद ज्ञापन गदै प्रतिकुल परिस्थितिका वावजुद पनि मानवीय सेवा र विपत्तिमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भयो । उहाँले दैवी विपत्ति र प्राकृतिक प्रकोपदेखि द्वन्द्वमा परेका हरेक नागरिकको उद्धार र राहतका लागि पर्वत रेडक्रसले विगतमा भन्दा अझै सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।






