९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ ।
केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु भएको हो । थुप्रै मानिस घाइते भएका छन् ।
पञ्जाब र हरियाणाका थुप्रै स्थानमा राम रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ ।
हरियाणाको पञ्चुककुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कर्फ्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अलर्टमा राखिएको छ ।
हिंसाको घटना बढेपछि २६ अगष्टमा पञ्जाबको थुप्रै स्कुल कलेज बन्द राख्न भनिएको