छैठौँ पर्वत महोत्सव आजदेखि सुरु: १ बजे विधिवत् उद्घाटन हुँदै

पर्वत/उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले महोत्सको मुख्य तयारीहरु सबै सकिएको वताउनूभएको छ। भोली दिउसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुसभयो । बिहान १२ बजे कुश्माको लोकतन्त्रचोकबाट झाँकी तथा ¥याली निकाल्न सुरु हुने छ ।

कार्यक्रममा बोल्दै महोत्सव प्रचारप्रसार समितिका संयोजक ठाकुर बी। पौडेलले महोत्सवमा ३० ओटा निशुल्क, १ सय ३० ओटा व्यवसायिक, १५ ओटा होटल र प्रयोजक १० ओटा स्टलहरु रहेको जानकारी गराउनुभयो । यस्तै, रचनात्मक कामहरु प्रदर्शन गर्ने तथा शिक्षासँग सम्बन्धित स्टलहरुको भाडा केही कम राखिएको पनि उहाँको भनाई छ ।
आजसम्म पर्वत, स्याङजा, बागलुङ र कास्की जिल्लाका १३ ओटा भलिबल टीमले नाम दर्ता गराएको तथा दर्ता गर्ने समय भोली बिहान १० बजे सम्म रहेकोले अन्य टीम पनि थप हुने अपेक्षा गरिएको पौडेलको भनाई छ ।

महोत्सव आर्थिक समितिका संयोजक गोपी अधिकारीले महोत्सवबाट झण्डै डेढ करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको बताउँदै सरकारले उपलब्ध गराउने प्रमाणको आधारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क, ख र ग बर्गको अपांगता परिचय पत्र भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
अहिलेसम्म ८ सय भन्दा बढीको संख्यामा रु ५०० का प्याकेज टिकटहरु बिक्री भइसकेको बताउँदै आर्थिक संयोजक अधिकारीले प्रयोजकहरुबाट मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गर्ने कमिटमेन्ट भएको वताउनू भयो । ।
प्रचारप्रसार संयोजक ठाकुर बी। पौडेलका अनुसार भोलीको उद्घाटन समारोहपछि कलाकारहरु कृष्ण अखेली, भरत क्षेत्री, रिना के।सी, सूदीप क्षेत्री लगायतका लोक कलाकारहरुको सांगितिक प्रस्तुतीहरु रहने भएका छन् । भोलीबाट सुरु गर्न लागिएको महोत्सव यही माघको १९ गतेसम्म संचालन हुँदै छ । त्यसै गरि माघ ११ गते रामकृष्ण ढकालको एकल सांझ कार्यक्रम हूने र चर्चित वाल गायिका कमला घिमिरेको वताईएको छ ।