नेकपामा प्रवेश गरेको भन्ने हल्ला निराधार हो – भुसाल

2577

पर्वत/नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन् । भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समक्ष आफू काँग्रेसप्रति निष्ठापूर्वक लागिरहने प्रतिवद्धता समेत गरेका छन् । उनले आफू केहीदिन पहिले सांसद पदम गिरीलाई भेट्न गएको बेला पार्टी प्रवेशको हल्ला चलाएको दावी गरे । ‘म सांसदलाई भेट्न गएको थिएँ तर पार्टी प्रवेश ग¥यो भनेर हल्ला चलाइएछ, त्यो निराधार हो ।’– भुसालले भने । उनले आफू काँग्रेसप्रति विगतमा भन्दा अझै बढि सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

केही दिनअघि नेकपामा प्रवेश गरेको भन्दै भुसालको सामाजिक सञ्चाल र केही अनलाइनमा समाचार सम्प्रेषण भएको थियो । भुसालले नेपाली काँग्रेसमा हालसम्म कुनैपनि असन्तुष्टि नरहेको पनि दाबी गरेका थिए ।