नेपाल भ्रमण बर्ष २०२० सफल पार्न पर्वतका पत्रकारले गरे सामुहिक प्रतिबद्धता

पर्वत/नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको समन्वय तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आयोजनामा शुक्रवार नेपाल पत्रकार महासंघ शाखा कार्यलय पर्वतको सभाहलमा विविध विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाल सरकार र गण्डकी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष सफल वनाउनका लागि सवै तह र तप्काका सचेत नागरिकहरु लागि पनुपर्नेमा जोड दिएका थिए । देशमा रहेका पर्यटकीय, धार्मिक, साँस्किृतिक तथा ऐतिहासिक स्थलहरु लाई अन्र्तराष्ट्रिय स्तर सम्म प्रचारप्रसार गरेर देशमा वढीभन्दा वढी पर्यटन पर्वद्धन गरी आर्थिक समृद्धि र विकास कसरी गर्न सकिन्छ र त्यसमा पत्रकारहरुको भुमिका के हुन्छ भन्ने विषयमा वक्ताहरु वोलेका थिए ।
सामाजिक अभियान्ता तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले पर्वतको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्ययमको भमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष मनोहर वि पौडेलले पर्यटनलाई रोजगार र समृद्धि सँग जोड्दै एउटा छुट्टै किसिमको प्याकेजको ओजना वनाएर अगाडी वढ्नुपर्ने वताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले समग्र पर्वतका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी वढीभन्दा वढी पर्यटकहरु भित्राउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने वताए ।
यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत मधु भण्डारीले आर्थिक विकासको प्रमुख स्रोत पर्यटन हुने भन्दै पर्यटन वर्षलाई सफल वनाउन पर्यटकीय स्थलहरुको वढीभन्दा वढी प्रचार गरेर आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गरी मनग्य आयआर्जन गर्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले पर्वत जिल्ला पर्यटकीय हिसावले गन्तव्यको रुपमा चिनिइरहेको अवस्थामा यहाँका प्राकृतिक तथा मानव निर्मित पर्यटकीय स्थलहरुलाई अझै प्रचारप्रसार र व्यवस्थित गर्दै व्यापार व्यवसाय संग जोडी वढी भन्दा वढी फाईदा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी, काँग्रेसका प्रतिनिधि सरस्वती शर्मा जिज्ञाशु, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल,नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस संगठन पर्वतका सह संयोजक राजवावु पिसी, प्रेस यूनियनका अध्यक्ष माया अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ नेपालका केन्द्रीय सचिव वैकुन्ठ गिरी लगायतले बोल्नुभएको थियो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन महासंघका सचिव गणेश गिरीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य देवराज पुरीले गर्नु भएको थियो ।