मार्कण्डेय आश्रम निर्माणका लागि स्वामी कमलनयनाचार्यद्वारा काँग्रेस नेता जोशीलाई प्रस्ताव

पर्वत/जलजला गाउँपालिका –७ धाईरिङमा १५ देखि २५ कोठाका दुई छुट्टाछुट्टै आश्रमहरु निर्माण गरिने भएको छ । मार्कण्डेय आश्रमका लागि नेपाली काँग्रेसका कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र गर्गाचार्य आश्रमका लागि एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यलाई संयोजक तोकिएको छ । धाईरिङमा आयोजित गौमहोत्सवको सातौंदिनको सभामा मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यद्वारा जोशी र आचार्यलेलाई दुई आश्रम निर्माणका लागि संगयोजकमा गरिएको प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो । जलजलाको कालञ्जर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई विश्राम गर्न सजिलो होस भन्ने अभिप्रायले दुई आश्रमहरु निर्माण गर्न लागिएको स्वामी कमलनयनाचार्यले जानाकारी दिनुभयो । उहाँले पर्वत जिल्लामा लामो समय जनप्रतिनिधि भएर काम गरेर र केन्द्रमा समेत विशिष्ठ पहुँच भएको व्यक्ति भएकोले काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा मात्रै मार्कण्डेय आश्रम निर्माण गर्न सकिने र विश्वभरिका नेपालीहरुसँग पहिचान भएकाले एनआरएनका पूर्व उपाध्यक्ष कुल आचार्यलाई गर्गाचार्य आश्रमको निर्माणका लागि जिम्मा लिइदिन आफूले आग्रह गरेको वताउनु भयो ।

मुक्तिनाथ स्वामीको प्रस्तावलाई स्वीकार गरेर आश्रम निर्माणका लागि आफूले सरकार र अन्य दाताहरुसँग पहल गर्ने काँग्रेस नेता जोशीले जानाकारी दिनुभएको छ । उहाँले धर्मले समाज र राष्ट्रलाई एकताको सुत्रमा जोड्ने वताउँदै यस्ता धार्मिक कर्महरुबाट आम नागरिकहरुका सामुहिक सद्भावको वृद्धि हुने दावी गर्नुभयो । काँग्रेस नेता जोशीले धर्मलाई अफिम मान्ने र भौतिकबादमा विश्वास गर्नेहरुबाटै धर्मको क्षयीकरण भएको उल्लेख गर्दै नेपाली काँग्रेस सबै धर्म, संस्कृति र परम्पराको संरक्षणको पक्षमा रहेको वताउनु भएको थियो । उहाँले सत्तामा नपुगुञ्जेल धर्मको सहारा लिने र सत्तामा पुगेपछि धर्ममाथि प्रहार गर्नेहरुसँग सजक रहन सबैलाई आग्रह गर्नुभएको थियो । काँग्रेस नेता जोशीले कालञ्जर पर्वत धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण क्षेत्र भएको वताउँदै त्यस क्षेत्रको विकास र विस्तारका लागि यो अभियानमा जुट्ने सबैलाई धन्यवाद दिनुभएको छ ।