क्यान्सर पीडित मिन बहादुर खड्कालाई दुई लाख ६६ हजार सहयोग हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीन बहादुर परियार खड्कलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिनासम्म शुभेच्छुकहरुबाट उपचारका लागी संकलन भएको रकम २ लाख ६६ हजार हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व सांसद अर्जुनप्रसाद जोशीले परियारकी धर्मपत्नी हिना परियारलाई सोमवार
उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गदै नेता जोशीले मीनवहादुर परियारको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले पार्टिमा निडर, क्रियाशिल र इमान्दार कार्यकर्ताको रुपमा काम गर्दै आएका मीनबहादुर अहिले विस्तारामा पर्दा आफु सहित सिंगो पार्टि पंक्ति चिन्तित भएको बताउनुभयो । पार्टिका सबै संगठन, बिदेशमा रहेको संगठन र गैह्र आवासीय नेपाली संघसंस्थाहरुमा पनि रकम सहयोगका लागि आफुले पहल गरिरहेको नेता जोशीले जानकारी दिनुभयो ।

पार्टिमा असल सिपाही भएर लाग्नेलाई यस्तै अप्ठ्यारोमा पार्टिले सहयोग गर्ने भन्दै नेता जोशीले खडकाको उपचारमा आर्थिक संकट नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको अहिलेको स्वास्थ्य अवस्था र उपचारको क्रममा भएका विभिन्न पक्षको विषयमा जोशीले परिवार मार्फत जानकारी समेत लिनु भएको थियो । जिल्ला सभापति खिमप्रसाद भुसालले पार्टिमा मीनवहादुर परियारले ठूलो योगदान दिएको बताउनुभयो । सभापति भुसालले उहाँको सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
उक्त सहयोग हस्तान्त्रणमा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु देबिप्रसाद भुसाल, परशूराम पुरी, तरुणदलका सचिव अमृत ठकुरी, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, कुश्मा नगरपालिका ८ का वडाध्यक्ष राजकुमार क्षेत्री वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्य, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूरु क्षेत्री,महिला संघका सचिव मूना शर्मा लामिछाने नेविसंघ गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाइ सभापति शिशिर शर्मा, नेपाल प्रेस यूनियनका अध्यक्ष माया अधिकारी समेतको उपस्थितीमा परियारलाई नगद हस्तान्तरण गरिएको हो । तरुण दलका जिल्ला सचिव अमृत ठकुरीले सहयोग संकलनको काम जारी नै रहेको अवगत गराउनु भएको थियो ।