यसकारण लिनुस् नेपालमै उच्चशिक्षा, विदेश मोहले के बेफाइदा ?

39

२८ साउन, काठमाडौं । यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरुको जर्वजस्त आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस-टू सकेपछि विदेशतिरै जाने युवाहरुको संख्या ठूलो छ ।

तर, अक्सर मिडियामा चर्चा नहुने अर्को पाटो पनि छ । नेपालका नाम चलेका केही यस्ता कलेजहरु पनि छन्, ५०/६० जनाको सिटमा भर्ना पाउन हजारौंले आवेदन गर्छन । त्यस्ता कलेजमा भर्ना पाउनु ठूलै सफलता मानिन्छ ।

नेपालमै उच्च शिक्षा हाँसिल गर्न यस्तो जर्बजस्त आर्कषण पछिल्ला दिनमा देखिएको छ ।

नेपालमै पढ्ने जमातलाई अहिले अवसर पनि यहाँ नै मिलिरहेकै छ । विदेशमा पढ्नभन्दा कमाउन जाने ट्रेण्डलाई मोड्न स्वदेशी कलेजहरुले भरपूर प्रयत्न गरिरहेका छन् ।

नेपालमा विभिन्न विषय पढेका विद्यार्थी विदेशी कलेजमा पढेकाभन्दा अब्बल रुपमा अघि आएका छन् । विभिन्न स्टार्ट-अप कम्पनीहरुमा नेपाली कलेजमै पढेका विद्यार्थी बाक्लो रुपमा देखिनुले अवसरका अनेकन सम्भावनाहरुलाई उजागर पनि गरेका छन् ।

नसक्नेले मात्र नेपालमा पढ्ने भन्ने आम धारणा बिपरित राम्रो नम्बर ल्याएका, राम्रै आर्थिक हैसियत भएका विद्यार्थीको आर्कषण किन नेपालको उच्च शिक्षाप्रति देखिएको होला ?  अब के विदेशिने विद्यार्थीलाई नेपालमै पनि अवसरहरु छन् भन्ने देखाउन सकिने समय आएको हो ? यो अहिले बहसको विषय बनेको छ ।